चिसो बढ्यो, पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले मधेश, बाग्मती र कर्णाली प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको भइरहेको छ । आज दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि […]

Oct 22, 2024 - 02:37
 0
चिसो बढ्यो, पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले मधेश, बाग्मती र कर्णाली प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको भइरहेको छ ।

आज दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register