हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा राधेराधेबाट एक पक्राउ

भक्तपुर । मध्यपुरथिमि नगरपालिका –९ राधेराधेबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले रौतहटको गजुरा नगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–७ रातोपुल बस्ने ३७ वर्षीय शशिकान्त चौलागाईंलाई बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका चौलागाईंको साथबाट स्रोत नखुलेको रु आठ लाख ५० हजार, विभिन्न बैंकको […]

Oct 17, 2024 - 17:17
 0
हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा राधेराधेबाट एक पक्राउ

भक्तपुर । मध्यपुरथिमि नगरपालिका –९ राधेराधेबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले रौतहटको गजुरा नगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–७ रातोपुल बस्ने ३७ वर्षीय शशिकान्त चौलागाईंलाई बिहीबार पक्राउ गरेको हो ।

पक्राउ परेका चौलागाईंको साथबाट स्रोत नखुलेको रु आठ लाख ५० हजार, विभिन्न बैंकको एटिएम र अन्य सामान बरामद गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register