ताप्लेजुङमा अवैध मदिरा बरामद, दुई झापाली युवा प्रहरी नियन्त्रणमा

ताप्लेजुङ, ६ कात्तिक । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–१ मेवाखा स्थित मेची राजमार्गबाट अवैध मदिरा बोकेको सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । कात्तिक ५ गते बेलुका प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इलामको फिक्कलबाट ताप्लेजुङ तर्फ जाँदै गरेको मे १ च ४२१४ नम्बरको पिकअप गाडीमा अवैधरुपमा बोकेको ५० कार्टुन सिक्किमे मदिरा बरामद गरेको [...] The post ताप्लेजुङमा अवैध मदिरा बरामद, दुई झापाली युवा प्रहरी नियन्त्रणमा appeared first on Jhapa Online.

Oct 22, 2024 - 13:14
 0
ताप्लेजुङमा अवैध मदिरा बरामद, दुई झापाली युवा प्रहरी नियन्त्रणमा

ताप्लेजुङ, ६ कात्तिक । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–१ मेवाखा स्थित मेची राजमार्गबाट अवैध मदिरा बोकेको सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

कात्तिक ५ गते बेलुका प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इलामको फिक्कलबाट ताप्लेजुङ तर्फ जाँदै गरेको मे १ च ४२१४ नम्बरको पिकअप गाडीमा अवैधरुपमा बोकेको ५० कार्टुन सिक्किमे मदिरा बरामद गरेको हो ।

बरामद भएको अवैध मदिरा, मदिरा ओसार पसारमा सम्लग्न झापा बुद्धशान्ति गाउँपालिका–३ का महेन्द्र बर्देवा, सवारी साधन र चालक बुद्धशान्ति–३ का सनम राई समेतलाई आवश्यक कारवाहीको लागि पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाइएको छ ।

The post ताप्लेजुङमा अवैध मदिरा बरामद, दुई झापाली युवा प्रहरी नियन्त्रणमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register