पश्चिमी र स्थानीय वायुको प्रभावले वर्षादेखि हिमपातको सम्भावना

झापा, ५ कात्तिक । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका एक(दुई स्थानमा मेघ [...] The post पश्चिमी र स्थानीय वायुको प्रभावले वर्षादेखि हिमपातको सम्भावना appeared first on Jhapa Online.

Oct 21, 2024 - 02:26
 0
पश्चिमी र स्थानीय वायुको प्रभावले वर्षादेखि हिमपातको सम्भावना

झापा, ५ कात्तिक । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

भोलि मंगलबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

The post पश्चिमी र स्थानीय वायुको प्रभावले वर्षादेखि हिमपातको सम्भावना appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register