मोदी र पुटिनबीच द्विपक्षीय वार्ता

महोत्तरी । काठमाडौँ । ब्रिक्स सम्मेलनमा भाग लिन रुस भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ता गरेका छन् । मिडिया रिपोर्टका अनुसार यस भेटवार्तामा मोदीले पुटिनसँग रुस–युक्रेन युद्धको बारेमा कुरा गरेका छन् । वार्तामा मोदीले रुस र युक्रेनबीचको द्वन्द्वको विषयमा निरन्तर सम्पर्कमा रहेको बताउदै समस्याको शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्छ भन्ने भारतको विश्वास […]

Oct 22, 2024 - 14:00
 0
मोदी र पुटिनबीच द्विपक्षीय वार्ता

महोत्तरी ।

काठमाडौँ । ब्रिक्स सम्मेलनमा भाग लिन रुस भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ता गरेका छन् । मिडिया रिपोर्टका अनुसार यस भेटवार्तामा मोदीले पुटिनसँग रुस–युक्रेन युद्धको बारेमा कुरा गरेका छन् ।

वार्तामा मोदीले रुस र युक्रेनबीचको द्वन्द्वको विषयमा निरन्तर सम्पर्कमा रहेको बताउदै समस्याको शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्छ भन्ने भारतको विश्वास रहेको बताएका थिए ।

उनले भने- ‘हामी जतिसक्दो चाँडो शान्ति र स्थायित्वको पुनर्स्थापनालाई पूर्ण रूपमा समर्थन गर्छौं । भारत आगामी समयमा सबै सम्भव सहयोग गर्न तयार छ ।’

मोदीको जवाफमा पुटिनले भने, ‘मलाई जुलाईमा भएको भेट (प्रधानमन्त्री मोदीसँग) याद छ । हामीले धेरै राम्रो छलफल गरेका थियौं । हामीले धेरै पटक टेलिफोनमा पनि कुरा गरेका थियौं । काजान भ्रमणको निमन्त्रणा स्वीकार गर्नुभएकोमा म तपाईंप्रति आभारी छु । हामी ब्रिक्स शिखर सम्मेलनको उद्घाटनमा भाग लिनेछौं । त्यसपछि, हामी डिनरमा अन्य नेताहरूसँग पनि कुरा गर्नेछौं ।’

ब्रिक्स सम्मेलन रुसको काजानमा हुदै छ । ब्रिक्स रसियासहित ब्राजिल, भारत, चीन र दक्षिण अफ्रीका, इरान, इजिप्टम, युएई र इथोपिया सम्मिलित देशहरुको संस्था हो । शुरुमा एक अर्का देशमा लगानीका सम्भावना खोज्न २००१ मा गठन गरिएको थियो । 


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register