प्रदर्शनमा मान्छे भेला गर्न पोखरामा रास्वपा नेताको घरदैलो

कास्की । रास्वपा सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा पोखरामा प्रदर्शन जारी छ । आन्दोलनमा पोखरावासीकै सहभागिता कम भएपछि रास्वपाले घर–घर पुगेर स्थानीयलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरिरहेको छ । नेताहरूले १० वटा छुट्टाछुट्टै टोली बनाएर पोखराका मुख्य–मुख्य बजारमा घरदैलो गरे । उपसभापति एवं सांसद डा.स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ, डा.तोसिमा […]

Oct 23, 2024 - 03:19
 0
प्रदर्शनमा मान्छे भेला गर्न पोखरामा रास्वपा नेताको घरदैलो

कास्की । रास्वपा सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा पोखरामा प्रदर्शन जारी छ । आन्दोलनमा पोखरावासीकै सहभागिता कम भएपछि रास्वपाले घर–घर पुगेर स्थानीयलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरिरहेको छ ।

नेताहरूले १० वटा छुट्टाछुट्टै टोली बनाएर पोखराका मुख्य–मुख्य बजारमा घरदैलो गरे । उपसभापति एवं सांसद डा.स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ, डा.तोसिमा कार्की, सविता गौतम, रास्वपा नेता मनिष झा, रमेश प्रसाईँ लगायतले घरदैलोको नेतृत्व गरे । उनीहरूले सरकारको रवैयाविरुद्ध सडकमा निस्कन पोखरावासीलाई आग्रह गरेका थिए ।

सभापति लामिछाने पक्राउको विरोधमा प्रदर्शनकारी घटे पनि पोखरामा प्रदर्शन जारी छ ।
मंगलबार दिउँसो जिरो किलोमिटरबाट सुरु भएको ¥याली सिर्जनाचोक, सभागृहचोक, पृथ्वीचोक, बुद्ध चोक, रामबजार, अमरसिंहचोक हुँदै पुनः पृथ्वीचोकमा पुगेर टुंगिएको थियो ।

पृथ्वीचोक र अमरसिंहचोकमा भएको कोणसभामा रास्वपाका नेताले सम्बोधन गरेका थिए । रास्वपाका उपसभापति एवं सांसद डा.स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ, डा.तोसिमा कार्की, सविता गौतम, रास्वपा नेता रमेश प्रसाईँ लगायतले बोलेका थिए । उनीहरूले राजनीतिक प्रतिशोध साँधेर लामिछानेले पक्राउ गरिएको दोहो¥याए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register