तारे होटलले प्लास्टिकका बोत्तलमा पेय पदार्थ बेच्न नपाइने, बेचे कार्वाही ! 

काठमाडौँ । तारे होटलहरुमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थ बिक्री तथा प्रयोगमा रोक लगाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विभागले तारे होटलहरूमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थमा रोक लगाएको हो । पर्यटन विभागले प्रेस विज्ञप्ति जारी गर्दै तारे होटलहरु, (चार तारे, पाँच तारे र पाँच तारे डिलक्स) सबै रिसोट (डिलक्स र […]

Oct 23, 2024 - 03:25
 0
तारे होटलले प्लास्टिकका बोत्तलमा पेय पदार्थ बेच्न नपाइने, बेचे कार्वाही ! 

काठमाडौँ । तारे होटलहरुमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थ बिक्री तथा प्रयोगमा रोक लगाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विभागले तारे होटलहरूमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थमा रोक लगाएको हो ।

पर्यटन विभागले प्रेस विज्ञप्ति जारी गर्दै तारे होटलहरु, (चार तारे, पाँच तारे र पाँच तारे डिलक्स) सबै रिसोट (डिलक्सलक्जरी)हरूमा प्लास्टिकजन्य बोटलहरूमा रोक लगाएको जानकारी दिएको छ ।

विभागबाट तारे स्तरमा स्तरवर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालनमा रहेका होटल तथा रिसोर्टहरुमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थहरु प्रयोगमा आइरहेका भनी जानकारी प्राप्त हुन आएकाले तत्काललाई कम्तिमा चार तारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टहरुमा खानेपानीको लागि प्रयोगमा आउने प्लास्टिकजन्य बोटलमा रोक लगाएको पर्यटन विभागका महानिर्देशक सहसचिव डा नारायण रेग्मीले जानकारी दिएका छन् ।

प्लास्टिकजन्य बोत्तलको  प्रयोगबाट मानव स्वास्थ्य तथा वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने हुँदा प्लास्टिकजन्य बोत्तलको प्रयोगमा निषेध गरी काँचका बोत्तल तथा अन्य धातुको भाँडा प्रयोग गरी होटलका कोठा तथा रेष्टुरेन्टहरुमा पिउने पानीको व्यवस्था मिलाउन निर्देशन दिइएको महानिर्देशक डा. रेग्मीले बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register