स्वास्थ्यमन्त्रीको दाबी- क्यान्सर र किड्नी स्क्रिनिङको व्यवस्था तीन महिनाभित्र हुन्छ

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्यान्सर र किड्नी स्क्रिनिङको व्यवस्था अबको तीन  महिनाभित्र सर्वशुलभ हुने दाबी गरेका छन् । बिहीबार मन्त्रालयमा १०० दिने उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् । “क्यान्सर र किड्नी स्क्रिनिङको व्यवस्था अब तीन महिनाभित्र गर्ने प्रयास गरिरहेका छौँ,” उनले भने, “घर छेउको अस्पतालमा गएर गर्नुस् भन्ने […]

Oct 24, 2024 - 11:31
 0
स्वास्थ्यमन्त्रीको दाबी- क्यान्सर र किड्नी स्क्रिनिङको व्यवस्था तीन महिनाभित्र हुन्छ

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्यान्सर र किड्नी स्क्रिनिङको व्यवस्था अबको तीन  महिनाभित्र सर्वशुलभ हुने दाबी गरेका छन् ।

बिहीबार मन्त्रालयमा १०० दिने उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् ।

“क्यान्सर र किड्नी स्क्रिनिङको व्यवस्था अब तीन महिनाभित्र गर्ने प्रयास गरिरहेका छौँ,” उनले भने, “घर छेउको अस्पतालमा गएर गर्नुस् भन्ने मन छ ।”

अगाडि उनले भने, “मोबाइल रिङटोन बजाएर घर छेउको अस्पतालमा गएर क्यान्सर र किड्नी स्क्रिनिङ गर्नुहोला भन्ने सूचना बजाउने मन छ । तर, आवश्यक स्रोत, साधन जुटाउन नसकेकाले त्यो गर्न सकेका छैनौँ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register