सुमनालाई विद्याको कटाक्ष- शिक्षकमाथि कारबाही गर्नु सरकारको उपलब्धि हुँदैन
काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐन चाँडोभन्दा चाँडो ल्याउनुपर्ने आवश्यकता औँल्याएकी छन् । बिहीबार मन्त्रालयमा १०० दिने उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आवश्यकतका औँल्याएकी हुन् । “यो ऐन आएपछि विद्यालय, विश्वविद्यालय क्षेत्रभित्र हुने अवाञ्छित र बेथितिसमेत कम हुन्छ,” उनले भनिन्, “यो तिहारपछि आउँछ ।” मन्त्री भट्टराईले पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठको कटाक्ष […]
काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐन चाँडोभन्दा चाँडो ल्याउनुपर्ने आवश्यकता औँल्याएकी छन् ।
बिहीबार मन्त्रालयमा १०० दिने उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आवश्यकतका औँल्याएकी हुन् ।
“यो ऐन आएपछि विद्यालय, विश्वविद्यालय क्षेत्रभित्र हुने अवाञ्छित र बेथितिसमेत कम हुन्छ,” उनले भनिन्, “यो तिहारपछि आउँछ ।”
मन्त्री भट्टराईले पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठको कटाक्ष गरिन् । पूर्वमन्त्री श्रेष्ठले शिक्षक कुनै पनि राजनीतिक दलको सदस्य हुन नपाउने परिपत्र गरेकी थिइन् ।
त्यसप्रति इङ्गित गर्दै उनले भनिन्, “विद्यालय शिक्षा ऐन आएपछि यसबारे त्यसले बोल्छ । त्यसपछि कसैले पनि शिक्षकलाई कारबाही गर्नुलाई उपलब्धि भनिरहनुपर्दैन । शिक्षक कस्तो हुनुपर्छ, शिक्षकले के गर्न पाउँछ र के गर्न पाउँदैन भन्ने कुराको परिभाषा पनि त्यहीँ हुन्छ ।”
अगाडि उनले भनिन्, “हरेक कुराको संस्कृति, अभ्यास, व्यवहार र नियमनको पाटो हुन्छ । शिक्षकलाई राजनीतिमा लाग्न दिने कि नदिने भन्ने कुराको कानून छैन । त्यसका सहायक कानूनहरू छन्, त्यसैअनुसार काम भइरहेका छन् ।”
उदाहरण दिँदै उनले भनिन्, “पहिले निर्वाचनमा दलहरूको चुनावी प्रचारमा शिक्षकहरू हिँड्थे तर, अहिले पाइँदैन । यो सहायक कानूनले काम गरेको हो ।”
What's Your Reaction?