टी–२० मा जिम्बाब्वेले तोड्यो नेपालको रेकर्ड, गाम्बियाविरुद्ध बनायो ३४४ रन

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकपमा जिम्बाब्वेले नेपालको टी–२० इतिहासमा बनाएको उच्च स्कोरलाई तोडेको छ । अफ्रिका सब-रिजनल क्वालिफायरमा बुधबार जिम्बाब्वेले गाम्बियाविरुद्ध विस्फोटक ब्याटिङ गर्दै ३४४ रनको कीर्तिमानी स्कोरसँगै नेपालको रेकर्ड तोडिएको हो । यसअघि नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो। जिम्बाब्वेले  ४ विकेटको क्षतिमा ३४४ रनको योगफल खडा गरेको हो। जिम्बाब्वेका लागि  ४३ बलमा […]

Oct 23, 2024 - 15:19
 0
टी–२० मा जिम्बाब्वेले तोड्यो नेपालको रेकर्ड, गाम्बियाविरुद्ध बनायो ३४४ रन

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकपमा जिम्बाब्वेले नेपालको टी–२० इतिहासमा बनाएको उच्च स्कोरलाई तोडेको छ ।

अफ्रिका सब-रिजनल क्वालिफायरमा बुधबार जिम्बाब्वेले गाम्बियाविरुद्ध विस्फोटक ब्याटिङ गर्दै ३४४ रनको कीर्तिमानी स्कोरसँगै नेपालको रेकर्ड तोडिएको हो ।

यसअघि नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो। जिम्बाब्वेले  ४ विकेटको क्षतिमा ३४४ रनको योगफल खडा गरेको हो।

जिम्बाब्वेका लागि  ४३ बलमा १३३ रन जोडेका कप्तान सिकन्दर रजाले ७ चौकासहित १५ छक्का प्रहार गरे। तादीवानाशे मारुमानीले १९ बलमा ६२ रनको योगदान दिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register