इन्टरपोलमा नोटिस जारी गरिएका ठग सुजन आचार्य विमानस्थलबाटै पक्राउ

काठमाडौं । ठगी आरोपमा पक्राउको लागि इन्टरपोलमा नोटिस जारी गरिएका युवा सुजन आचार्य पक्राउ परेका छन् । सानै उमेरबाट श्रृंखलाबद्ध ठगी गर्दैआएका उनी शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन् । अध्यागमन र विमानस्थल प्रहरीले पक्राउ गरेको हो । उनलाई अहिले प्रहरी परिसर काठमाडौं, भद्रकालीमा राखिएको छ । उनी नेपालको मुद्दा मिलाउन भन्दै थाइल्यान्ड हुँदै […]

Oct 25, 2024 - 11:37
 0
इन्टरपोलमा नोटिस जारी गरिएका ठग सुजन आचार्य विमानस्थलबाटै पक्राउ

काठमाडौं । ठगी आरोपमा पक्राउको लागि इन्टरपोलमा नोटिस जारी गरिएका युवा सुजन आचार्य पक्राउ परेका छन् ।

सानै उमेरबाट श्रृंखलाबद्ध ठगी गर्दैआएका उनी शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन् । अध्यागमन र विमानस्थल प्रहरीले पक्राउ गरेको हो । उनलाई अहिले प्रहरी परिसर काठमाडौं, भद्रकालीमा राखिएको छ ।

उनी नेपालको मुद्दा मिलाउन भन्दै थाइल्यान्ड हुँदै नेपाल आउने क्रममा विमानस्थलबाटै पक्राउ परेका हुन् । ‘आफैँ आत्मसमर्पण गर्न आएको’ सुजनले बताएका छन् ।

२ वर्षअघि करोडौँ रुपैयाँ ठगेर फरार भएका सुजन सिंगापुर तथा कम्बोडियामा बस्थे ।

सिंगापुरका होटेलमा काम लगाइदिने भन्दै थुप्रै युवाबाट करोडौँ रकम असुलेर भागेका उनी सम्पर्कविहिन भएको भन्दै उजुरी परेको थियो ।

झण्डै ५० भन्दा बढी युवाहरूले सुजनविरुद्ध प्रहरीमा ठगी उजुरी दिएका थिए । सुजनलाई पक्राउ गराउन वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्राचार गरेको थियो ।

सोही आधारमा प्रहरीले इन्टरपोलमा नोटिस जारी गरेको भए पनि उनलाई स्वदेश झिकाउन पहल भने गरेन । सुजन आफैँ शुक्रबार मध्यान्न सवा १२ बजे काठमाडौं विमानस्थल झरेपछि अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।

उनी वर्ष दिनअघि नै कम्बोडियामा रहँदा नेपाल आउने बताएका थिए । तर, उनलाई प्रहरीले भने स्वदेश नझिकाएको उनी बताउँछन् ।

२२ वर्षे ‘नेपाली नटवरलाल’को अपराध यात्रा, ‘हीरा चोरी’देखि मानव तस्करीसम्म

उनले भने नेपालमा रहेको पीडितहरूलाई पैसा फिर्ता गरेर मुद्दा मिलाउन स्वदेश आएको बताएका छन् ।

पीडितहरूको केही रकम तत्काल दिएर पछि बाँकी पैसा फिर्ता गर्ने उनले आश्वसन दिएका छन्। सुजनकी श्रीमती बिनु शाक्यविरुद्ध पनि ठगी मुद्दा परेकाने छ ।

सुजनबाट पीडित को-को हुन् ?

डेढ वर्षअघि पत्रकार सम्मेलन गरेर ४० भन्दा बढी पीडिते सुजनलाई करिब ४ करोड ३० लाख रुपैयाँ बुझाएको प्रमाण सार्वजनिक गरेका थिए ।

अरू थुप्रैसँग पनि सुजनले विदेश पठाउने भन्दै मोटो रकम ठगेको आशंका छ । सिंगापुरमा काम लगाइदिने भन्दै अनुमानित १० करोड रुपैयाँ ठगेको हुनसक्ने पीडितको अनुमान छ ।

कैलालीका पारस अधिकारीले १२ लाख ५० हजार, अछाममा अनिल अधिकारीले पाँच जनाको लागि ४४ लाख बुझाएका छन् । अछामका मीन अधिकारीले १२ लाख बुझाएका छन् ।

अछामकै प्रेम साउदले १२ लाख बुझाएका छन् भने, अछाम राजेन्द्र साउदबाट सुजनले १२ लाख ठगी गरेका छन् । अछाम बिन्दु खत्री ७ लाखमा रुपैयाँ ठगिएकी छिन् ।

कञ्चनपुरका सुरेन्द्र शाहको १२ लाख, बाजुराका झरेन्द्र सिंहको १२ लाख ५० हजार, जगदीश बस्नेतको ७ लाख रुपैयाँ सुजनले लिएका छन् ।

बैतडीका भूपेन्द्र सिंहले १३ लाख ५० रुपैयाँ सुजनकी प्रेमिका बिनुलाई बुझाएको प्रमाण सार्वजनिक गरेका छन्, भने कञ्चनपुरका कृष्ण शाहीले साढे १२ लाख ठगिएको बताएका छन् ।

‘नेपाली नटवरलाल’ सुजनबाट ठगिएकामध्ये चारजना होटेलमा बन्धक

यस्तै, झापाका अभिषेक श्रेष्ठ, आनन्द श्रेष्ठ, महेन्द्र तामाङ, मनोज उप्रेती, अभिषेक आचार्य, सौगात गोम्दे, सुधीर पराजुली पनि ठगिएका छन् ।

झापाकै नितेश मैनाली, उमेश मैनाली, कृष्ण चौधरी, महेश तामाङ र अमित तामाङ पनि सिंगापुर जाने प्रलोभनमा सुजनबाट ठगीमा परेका छन् ।

सुजन र उनको गिरोहबाट ठगिएका पीडितहरू

कैलालीका प्रकाश विक, रमेश सिंह मायल, केशव विक र भीम विकले पनि आफू ठगिएको भन्दै प्रहरीमा र वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् ।

काभ्रेका जगदीश बस्नेत, रविन सापकोटा, जगमोहन बस्नेत, प्रभुशरण अधिकारी र बलराम पन्तले पनि प्रमाणसहित ठगीमा परेको बताएका छन् ।

मोरङका ऋषिमान तामाङ, विकास श्रेष्ठ, मोरङ, काठमाडौंका सुमन दङ्गाल, दिनेश दाहाल, दाङका गोविन्द पुरी, सञ्जय गिरी, कञ्चनपुरका कृष्ण शाही, बैतडीका भूपेन्द्र सिंह, बाँकेका अनिल भण्डारी र थइन्द्र लिम्बूले पनि ठगीमा परेको भन्दै पत्रकार सम्मेलन गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register