भक्तपुर, ललितपुरसहित १७ जिल्लाका सीडीओको सरुवा

काठमाडौं । गृह मन्त्रालयले १७ सीडीओसहित २७ कर्मचारीको सरुवा गरेको छ । विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरूमा कार्यरत उपसचिव र सहायक सीडीओको पनि सरुवा भएको हो । जसअनुसार जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपुरको प्रमुख पनि फेरिएका छन् । भक्तपुरमा यसअघि डोटीमा सीडीओ रहेका गोपालप्रसाद अर्याल आएका छन् भने भक्तपुरकी सीडीओ रोशनीकुमारी श्रेष्ठको […]

Oct 25, 2024 - 11:37
 0
भक्तपुर, ललितपुरसहित १७ जिल्लाका सीडीओको सरुवा

काठमाडौं । गृह मन्त्रालयले १७ सीडीओसहित २७ कर्मचारीको सरुवा गरेको छ ।

विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरूमा कार्यरत उपसचिव र सहायक सीडीओको पनि सरुवा भएको हो । जसअनुसार जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपुरको प्रमुख पनि फेरिएका छन् ।

भक्तपुरमा यसअघि डोटीमा सीडीओ रहेका गोपालप्रसाद अर्याल आएका छन् भने भक्तपुरकी सीडीओ रोशनीकुमारी श्रेष्ठको राष्ट्रिय विपद् जोखिम न्युनीकरण प्राधिकरणमा सरुवा भएको छ ।

यस्तै, ललितपुरका सीडीओ तुल्सीबहादुर श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याइएको छ भने रमेश ढकाललाई त्यहाँ पठाइएको छ । गृहमा रहेका बासुदेव घिमिरे रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register