कृषि अनुदानको दुरुपयोग गर्नेलाई कार्वाहीको दायरमा ल्याउछौँः मन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि अनुदान दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । कृषि अनुदानको दुरुपयोग गर्नेलाई कार्वाहीको दायरमा ल्याउछौँः मन्त्री अधिकारीकृषि अनुदानको दुरुपयोग गर्नेलाई कार्वाहीको दायरमा ल्याउछौँः मन्त्री अधिकारी शुक्रबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘कृषिमा लगानी दशकको सान्दर्भिकता र निजी क्षेत्रको भुमिका’ विषयक अन्तरक्रियात्मक गोष्ठिमा बोल्दै मन्त्री […]

Oct 25, 2024 - 12:49
 0
कृषि अनुदानको दुरुपयोग गर्नेलाई कार्वाहीको दायरमा ल्याउछौँः मन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि अनुदान दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । कृषि अनुदानको दुरुपयोग गर्नेलाई कार्वाहीको दायरमा ल्याउछौँः मन्त्री अधिकारीकृषि अनुदानको दुरुपयोग गर्नेलाई कार्वाहीको दायरमा ल्याउछौँः मन्त्री अधिकारी

शुक्रबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘कृषिमा लगानी दशकको सान्दर्भिकता र निजी क्षेत्रको भुमिका’ विषयक अन्तरक्रियात्मक गोष्ठिमा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

उनले कृषि अनुदानमा ‘डुप्लिकेशन’ हुन नदिन त्यसमा पुनरावलोकन गरी कृषि सहुलियत र अनुदानलाई उत्पादनमा प्रोत्साहित गर्नुपर्ने बताएका छन् । कृषि ऋणको लागि धितो मूल्याङ्कन विधि सहज र सरल बनाइ ऋण प्रवाहमा छिटो, छरितो बनाउनुपर्ने पनि जरुरी देखिएको मन्त्री अधिकारीको भनाई छ ।

त्यस्तै, मन्त्री अधिकारीले कृषिजन्य उपजको आयात भन्दा स्थानीय उत्पादनको प्रवद्र्धनमा सरकारले सहजीकरण गर्ने बताएका छन् । उनले राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारको रुपमा रहेको कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिँदै कृषिको व्यवसायिकरण र आधुनिकिकरण गर्ने निजी क्षेत्रसँग मिलेर काम गर्न सरकार तयार रहेको बताएका छन् ।

साथै कृषि उपजमा आयातको अवस्थाको अन्त्य गर्न कृषिमा लगानी बढाउँदै कृषि उपजको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नुपर्ने उनको भनाई रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register