एकै दिन ४० खर्बले बढ्यो एलन मस्कको सम्पत्ति
काठमाडौं । अर्बपति उद्यमी एलन मस्कको सम्पत्ति एकै दिन ३० अर्ब डलर (करिब ४० खर्ब २६ अर्ब रुपैयाँ)ले बढेको छ । विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको शेयरमा २२ प्रतिशतले वृद्धि हुँदा मस्कको सम्पत्ति अकासिएको हो । कम्पनीले बिहीबार तेस्रो त्रैमासिक आम्दानी सार्वजनिक गरेपछि टेस्लाको कूल शेयर मूल्यमा १५० अर्ब डलर बढेको थियो । कम्पनीले सार्वजनिक गरेको आम्दानी प्रतिवेदनमा ग्रस मार्जिन अपेक्षा गरेको भन्दा बढी देखिएको थियो । त्यसले पनि लगानीकर्ताको आकर्षण बढाएको बताइएको छ । त्यसका साथै २०२५ सम्मका लागि कम लागतमा सवारी साधन उत्...
What's Your Reaction?