रास्वपाको सडक प्रदर्शन स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सडक प्रदर्शन  स्थगित गरेको छ ।  सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै गत शनिबारदेखि पोखरा केन्द्रित प्रदर्शन गरेको रास्वपाले प्रदर्शन स्थगित गरेको हो पोखराबाट सुरु भएको विरोध प्रदर्शनलाई शुक्रबार पनि काठमाडौंमा निरन्तरता दिएको रास्वपाले  अबका कार्यक्रम केन्द्रीय समितिको बैठक बसेर निर्णय गर्ने संसदीय दलका उपनेता […]

Oct 25, 2024 - 13:55
 0
रास्वपाको सडक प्रदर्शन स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सडक प्रदर्शन  स्थगित गरेको छ ।  सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै गत शनिबारदेखि पोखरा केन्द्रित प्रदर्शन गरेको रास्वपाले प्रदर्शन स्थगित गरेको हो

पोखराबाट सुरु भएको विरोध प्रदर्शनलाई शुक्रबार पनि काठमाडौंमा निरन्तरता दिएको रास्वपाले  अबका कार्यक्रम केन्द्रीय समितिको बैठक बसेर निर्णय गर्ने संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए  ।

रास्वपा सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा गत शुक्रबार प्रहरीले पक्राउ गरी पोखरा लगेको थियो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनलाई जिल्ला अदालत कास्कीले थप अनुसन्धानका लागि दुईपटक म्याद  थप गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register