इजरायल–इरान आमुन्नेसामुन्ने, युद्धको खतरा बढ्यो

काठमाडौं । इजरायल र इरान युद्धका लागि आमुन्ने सामुन्ने भएका छन्। हिजबुल्लाह र हमासका नाममा सर्वसाधारणको हत्या गर्दै आएको इजरायलमाथि इरानले आक्रमण गरेको तीन हप्तापछि इजरायलले शनिवार बिहानै इरानमाथि जवाफी आक्रमण गरेपछि दुई देशबीच युद्धको सम्भावना बढेर गएको छ। शनिवार एकाबिहानै इजरायलले इरानको सैन्य अखडामाथि आक्रमण गरेर उसको सैन्य संरचना ध्वस्त बनाएको बताए पनि इरानले […]

Oct 27, 2024 - 01:36
 0
इजरायल–इरान आमुन्नेसामुन्ने, युद्धको खतरा बढ्यो

काठमाडौं ।

इजरायल र इरान युद्धका लागि आमुन्ने सामुन्ने भएका छन्। हिजबुल्लाह र हमासका नाममा सर्वसाधारणको हत्या गर्दै आएको इजरायलमाथि इरानले आक्रमण गरेको तीन हप्तापछि इजरायलले शनिवार बिहानै इरानमाथि जवाफी आक्रमण गरेपछि दुई देशबीच युद्धको सम्भावना बढेर गएको छ।

शनिवार एकाबिहानै इजरायलले इरानको सैन्य अखडामाथि आक्रमण गरेर उसको सैन्य संरचना ध्वस्त बनाएको बताए पनि इरानले भने इजारयली आक्रमणमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको र आफ्नो सैन्य अखडा ध्वस्त पार्ने इजरायलकोे योजनालाई पूर्ण रूपमा निस्तेज पारेको जनाएको छ ।

इजरायले इरानको राजधानी तेहरानलगायत महत्वपूर्ण सैन्य अखडामा आक्रमण गरेर उसको सैन्य संरचना ध्वस्त बनाएको दाबी गरे पनि इरानले भने इजरायलको उक्त भनाइमा कुनै सत्यता नरहेको बताएको छ ।
इरानले अब आफूहरू इजरायलसँग निर्णायक युद्धको तयारीमा लागेको बताएपछि मध्यपूर्वका साथै पश्चिम एसियामा अशान्ति बढ्दै जाने आँकलन अन्तर्राष्ट्रिय सुरक्षा विश्लेषकहरूले गरेका छन् ।

इजरायलले इरानको २० वटा सैन्य अखडामा आक्रमण गरेको दाबी गरे पनि इरानले भने इजरायलको दाबीमा कुनै सत्यता नरहेको र इजरायललाई समयमा नै जवाफ दिने बताउँदै तेहरानमा तीनवटै सैन्य निकायमा प्रमुखसहितको आपत्कालीन बैठक बसेको तर त्यसको निर्णय अहिलेसम्म आइनसकेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एसोसेट प्रेसले जनाएको छ।

इजरायलले हवाई आक्रमणमा संलग्न रहेका आफ्ना विमान तथा मानवरहित ड्रोन सकुशल फिर्ता भएको दाबी गरेको छ । तर, यसको स्वतन्त्र पुष्टि भएको छैन । डिफेन्स फोर्सका प्रवक्ता ड्यान्यल हेगारीले गरेको दाबीलाई इरानले मिथ्या भएको बताएको छ।

इजरायले इरानमाथि आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति जो वाइडेनले इरानको आणविक केन्द्र र तेल भण्डारमा आक्रमण नगर्न चेतावनी दिएपछि इजरायल एक कदम पछि हटेको छ । अमेरिकाले इरान र इजरायललाई संयमता अपनाउन आग्रह गरेको छ। अमेरिकी उच्च अधिकारीहरूले इजरायल र लेवनानबीच युद्धबिराम गराउन लागिपरेको जनाएको छ।

यता, इरानको हवाई प्रतिरक्षा फौजले विज्ञप्तिमार्फत् तेहरान, खुजिस्तान र इलम प्रान्तका सैन्य अखडामा इजरायलले आक्रमण गरेको जनाएको छ । ती हमलाहरू सफलतापूर्वक सामना गरिएको तर केही स्थानमा सीमित क्षति पुगेको दाबी इरानले गरेको छ।

इरान र इजरायल युद्धका लागि आमन्नेसामुन्ने भएपछि अहिले विश्व दुई ध्रुवमा विभाजित भएको छ। अमेरिकालगायत पश्चिमा मुलुकहरू इजरायलको पक्षमा खुलेर लागेका छन् भने रसिया, साउदी अरेबिया, चीनलगायतका मुलुकहरू भने इरानको पक्षमा देखिएका छन् । यसले भोलि दुई मुलुक युद्धमा होमिए भने विश्व दुई ध्रुवमा विभाजन हुने निश्चितप्रायः देखिन्छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register