पाकिस्तानको खैबर र पञ्जाब प्रान्तमा भीषण वर्षा, २८ जनाको मृत्यु, १४० घाइते

Jun 11, 2023 - 02:10
 0
पाकिस्तानको खैबर र पञ्जाब प्रान्तमा भीषण वर्षा, २८ जनाको मृत्यु, १४० घाइते
पाकिस्तानको खैबर र पञ्जाब प्रान्तमा भीषण वर्षा, २८ जनाको मृत्यु, १४० घाइते

लाहौंर । पाकिस्तानमा परेको भीषण वर्षाको चपेटामा परेर २८ जनाको मृत्यु भएको छ। शनिवार राती परेको भारी वर्षाका कारण खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तमा २८ जनाको मृत्यु भएको छ भने १४० भन्दा बढी घाइते भएका छन् । 

वर्षाका कारण धेरै घर भत्किएका छन्, रुखहरू ढलेका छन् र बिजुलीका पोलहरू ढलेका छन् । प्रधानमन्त्री शहबाज सरिफले मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत र उद्धार कार्यलाई तीव्रता दिन अधिकारीहरूलाई निर्देशन दिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार भारी वर्षा र असिनापानीका कारण खैबर पख्तुनख्वाका बन्नु, लक्की मारवत, डेरा इस्माइल खान र कारक जिल्लामा २५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। 

पञ्जाबको खुसाब जिल्लाको एउटा गाउँमा घरको पर्खाल भत्किँदा तीन बालिकाको मृत्यु भएको छ । राहत अधिकारी खतेर अहमदले घाइतेहरूलाई तत्काल राहत उपलब्ध गराइएको बताउनुभयो ।

गत वर्ष पनि पाकिस्तानमा मनसुनी वर्षापछि आएको बाढीले ठुलो क्षति पुर्‍याएको थियो र १७ सयभन्दा बढीको ज्यान गएको थियो भने तीन करोडभन्दा बढी मानिस प्रभावित भएका थिए । लाखौँ मानिसहरू विस्थापित पनि हुनुपरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1