राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या- अध्यक्ष केसी

काठमाडौँ । गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले सरकारी हस्तक्षेपले गैरआवासीय अभियानमा समस्या आएको बताएका छन् । संघको ग्लोबल कन्केभ तथा साधरणसभालाई संबोधन गर्दै अध्यक्ष केसीले बारम्बार सरकारी हस्तक्षेपले सिर्जना भएको समस्या छलफलबाटै समाधान गर्न सकिने बताएका हुन् । कार्यक्रममा अध्यक्ष केसीले विश्वभर नेपालको राम्रो छवि बनाउने काम गरिरहेको बताउनु भयो। विश्वका ११५ बढी देशमा […]

Oct 27, 2024 - 12:36
 0
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या- अध्यक्ष केसी

काठमाडौँ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले सरकारी हस्तक्षेपले गैरआवासीय अभियानमा समस्या आएको बताएका छन् ।

संघको ग्लोबल कन्केभ तथा साधरणसभालाई संबोधन गर्दै अध्यक्ष केसीले बारम्बार सरकारी हस्तक्षेपले सिर्जना भएको समस्या छलफलबाटै समाधान गर्न सकिने बताएका हुन् ।

कार्यक्रममा अध्यक्ष केसीले विश्वभर नेपालको राम्रो छवि बनाउने काम गरिरहेको बताउनु भयो। विश्वका ११५ बढी देशमा पुगेर नेपाललाई चिनाउने काम गरेको बताउँदै नेपालमा प्राकृतिक प्रकोप पर्दा गैरआवासीय नेपाली सधैँ तयार रहेको उल्लेख गरे ।

  ‘विदेशमा बस्ने नेपालीले वार्षिक १५ खर्ब बढी रेमिट्यान्स पठाएका छन्। ठुलो लगानी समेत भित्रिएको छ,’ अध्यक्ष केसीले भने,‘नेपालमा लगानी गर्न विदेशी भएर गर्नुपर्ने अवस्था छ। कानुन संसोधन गरेर सीमा नतोकी लगानी भित्राउन दिनुपर्छ।’ अध्यक्ष केसीले नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिएपनि त्यसको कुनै काम नभएको बताए ।

‘सरकारले नागरिकता त दिएको छ तर कुनैपनि सरकारी काममा प्रयोगमा आउँदैनन्,’ उनले भने,‘सरकारले स्पष्ट कानुन बनाएर त्यसको उपयोग बढाउनु पर्छ।’ उनले नेपाल सरकारको हस्तक्षेपकै कारण गत अधिवेशन विवादमा परेको बताए । ‘सिआईबी लगाएर धरपडक गरियो। तर अनुसन्धान रिपोर्ट अहिलेसम्म सार्वजनिक गरिएन,’ उनले भने,‘अध्ययन रिपोर्टमा के देखियो सार्वजनिक गर्नुपर्‍यो ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register