दोहोरो अंकले बढ्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १५ दशमलव ८३ अंकले बढेर २६८३ दशमलव २४ को विन्दुमा पुगेको छ । ३०९ कम्पनीका ६५ हजार ८ सय २४ पटकको कारोबारमा १ करोड २२ लाख ६३ हजार ७ सय ८० कित्ता सेयर खरिद बिक्री भएको छ […]

Nov 25, 2024 - 09:41
 0
दोहोरो अंकले बढ्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १५ दशमलव ८३ अंकले बढेर २६८३ दशमलव २४ को विन्दुमा पुगेको छ ।

३०९ कम्पनीका ६५ हजार ८ सय २४ पटकको कारोबारमा १ करोड २२ लाख ६३ हजार ७ सय ८० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार ५ सय ९७ रुपैयाँ रहेको छ ।

सोमबार ६७ कम्पनीको सेयर मूल्य घट्दा १६९ वटाको बढेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये निर्माण कम्पनी र म्युचुअल फण्ड बढेको छ भने अन्य राताम्मे छन् । आज नगदी ग्रूप पावर लिमिटेडमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register