खसीको भनेर बाख्राको मासु बेच्नेलाई ५ हजारमै माफी, उपमेयर किन भए उदार ?

गोलबजार । सिरहाको लहानमा खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना गरिएको छ । लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा भएको बजार अनुगमन खसीको भनेर बाख्राको मासु बिक्री गरेको भेटिएपछि पाँच हजार रुपैयाँ जरिवाना गरिएको हो । यसैगरी ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी ११ हजार जरिवाना गरिएको उपप्रमुख महतोले […]

Oct 29, 2024 - 03:49
 0
खसीको भनेर बाख्राको मासु बेच्नेलाई ५ हजारमै माफी, उपमेयर किन भए उदार ?

गोलबजार । सिरहाको लहानमा खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना गरिएको छ ।

लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा भएको बजार अनुगमन खसीको भनेर बाख्राको मासु बिक्री गरेको भेटिएपछि पाँच हजार रुपैयाँ जरिवाना गरिएको हो ।

यसैगरी ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी ११ हजार जरिवाना गरिएको उपप्रमुख महतोले जानकारी दिए ।

अनुगमन टोलीमा इलाका प्रशासन, घरेलु, प्रहरी, पत्रकारलगायतको सहभागिता थियो । उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार अनुगमन गरेको र अनुगमनलाई निरन्तरता दिने उपप्रमुख महतोले बताए ।

अनुगमनका क्रममा केही पसललाई सचेत समेत गराइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register