सुनको असर्फी किन्नेको भिड (तस्वीरहरू)

काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सुनको असर्फी किन्नेको भिड लागेको छ । धनतेरसमा सुनचाँदीका सिक्का किन्ने चलन छ । सोहीअनुसार सुनको असर्फी किन्नेको भिड लागेको हो । सर्वसाधारण मंगलबार बिहान ५:३० बजेदेखि लाइनमा बसिरहेका छन् । लाइन सडकसम्म पुगेको छ । टक्सारले आज एकदिन मात्र २.५ ग्रामको सुनको असर्फी बिक्रि गर्नेछ । असर्फी करिब […]

Oct 29, 2024 - 05:19
 0
सुनको असर्फी किन्नेको भिड (तस्वीरहरू)

काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सुनको असर्फी किन्नेको भिड लागेको छ ।

धनतेरसमा सुनचाँदीका सिक्का किन्ने चलन छ । सोहीअनुसार सुनको असर्फी किन्नेको भिड लागेको हो । सर्वसाधारण मंगलबार बिहान ५:३० बजेदेखि लाइनमा बसिरहेका छन् । लाइन सडकसम्म पुगेको छ ।

टक्सारले आज एकदिन मात्र २.५ ग्रामको सुनको असर्फी बिक्रि गर्नेछ । असर्फी करिब १४०० थान रहेको राष्ट्र बैंकले जनाएको छ । असर्फी लिन नागरिकता वा अन्य सरकारी डकुमेन्ट अनिवार्य गरिएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register