साफ च्याम्पियनसिप : बिहानैदेखि टिकट लिनेको लस्कर (तस्वीरहरू)

काठमाडौं । नेपाल र बंगलादेशबीचको खेल हेर्नका लागि टिकट लिनेहरूको लाइन बिहानैदेखि छ । एन्फाले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री थालेको छ । एकजनाले अधिकतम् २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने गरी व्यवस्था मिलाइएको छ । अनलाइन टिकट खरिद बन्द […]

Oct 30, 2024 - 02:55
 0
साफ च्याम्पियनसिप : बिहानैदेखि टिकट लिनेको लस्कर (तस्वीरहरू)

काठमाडौं । नेपाल र बंगलादेशबीचको खेल हेर्नका लागि टिकट लिनेहरूको लाइन बिहानैदेखि छ ।

एन्फाले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री थालेको छ ।

एकजनाले अधिकतम् २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने गरी व्यवस्था मिलाइएको छ ।

अनलाइन टिकट खरिद बन्द गरेपछि बिहानैदेखि टिकट बिक्री स्थलमा सर्वसाधारण लाइनमा बसेका छन् । यसअघि बुकिङ भइसकेका अनलाइन टिकटको पैसा फिर्ता गरिने एन्फाले जनाएको छ ।

यसअघि एन्फाले प्रतियोगिताका लागि टिकट बिक्री जिम्मा एक कम्पनीलाई दिएको थियो । तर, आइतबार साँझ भएको नेपाल र भारतबीचको सेमिफाइनलमा दशरथ रंगशालाको दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फा आफैँले टिकट बेच्न लागेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register