कति छ बालोन डि‘ओर विजेता रोड्रीको सम्पत्ति ?

रोड्रिगो हर्नान्डेज, जसलाई रोड्रीका नामले चिनिन्छ । म्यानचेस्टर सिटी र स्पेन राष्ट्रिय फुटबल टोलीका एक प्रमुख सदस्यका रूपमा आफूलाई स्थापित गर्न उनी सफल भएका छन् । रोड्रीले यसैहप्ता फ्रान्स फुटबल म्यागजिन र यूईएफएद्वारा प्रदान गरिएको सन् २०२४ को बालोन डि’ओर जितेका छन् । उनी २१ औं शताब्दीमा बलोन डि’ओर जित्ने पहिलो स्पेनी खेलाडी र इतिहासमा […]

Nov 1, 2024 - 01:21
 0
कति छ बालोन डि‘ओर विजेता रोड्रीको सम्पत्ति ?

रोड्रिगो हर्नान्डेज, जसलाई रोड्रीका नामले चिनिन्छ । म्यानचेस्टर सिटी र स्पेन राष्ट्रिय फुटबल टोलीका एक प्रमुख सदस्यका रूपमा आफूलाई स्थापित गर्न उनी सफल भएका छन् ।

रोड्रीले यसैहप्ता फ्रान्स फुटबल म्यागजिन र यूईएफएद्वारा प्रदान गरिएको सन् २०२४ को बालोन डि’ओर जितेका छन् । उनी २१ औं शताब्दीमा बलोन डि’ओर जित्ने पहिलो स्पेनी खेलाडी र इतिहासमा दोस्रो स्पेनी खेलाडी बन्न सफल भएका छन् ।

रोड्रीको अहिलेको सम्पत्ति लगभग १५.६ मिलियन अमेरिकी डलर रहेको स्पेनिस पत्रिका मार्काको समाचारमा उल्लेख छ । यो नेपाली रुपैयाँ दुई अर्ब ९५ करोडभन्दा बढी हुन आउँछ ।

२८ वर्षको उमेरमा नै रोड्रीको बजार मूल्य १४० मिलियनभन्दा बढी रहेको छ । यो उनको उत्कृष्ट प्रदर्शन र बालोन डि’ओर जितको परिणामस्वरूप हो । रोड्रीको म्यानचेस्टर सिटीसँगको सम्झौता सन् २०२७ को समरमा समाप्त हुनेछ । जसले उनलाई क्लबमा अझै केही वर्षका लागि रहन सुनिश्चित गर्दछ ।

रोड्री इंग्लिस क्लब सिटीका लागि उचित रोजाइ भएका छन् । भविष्यमा थप उपाधिका लागि उनी प्रमुख खेलाडी बन्ने अपेक्षा गरिएको छ ।

रोड्री गत जुलाईमा जर्मनीमा भएको युरोकपका सर्वोत्कृष्ट खेलाडी हुन् । जसको उपाधि स्पेनले जितेको थियो ।

साथै फाइनलमा उनकै गोलको मद्दतले सिटीले च्याम्पियन्स लिगको पहिलो र एकमात्र उपाधि जितेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register