गाईको पूजा गरी गाईतिहार मनाइँदै (तस्वीरहरू)

काठमाडौं । आज (शनिबार) कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौँथो दिन । हिन्दु धर्मावलम्बीहरूले आज गाईको पूजा गरी गाईतिहार मनाउँदैछन् । वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी पूजा गर्ने प्रचलन रहिआएको छ । हिन्दू धर्मावलम्बीहरू गाईलाई आमाको रूपमा पुज्दछन् । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई आमा सरह सम्मान […]

Nov 2, 2024 - 03:45
 0
गाईको पूजा गरी गाईतिहार मनाइँदै (तस्वीरहरू)

काठमाडौं । आज (शनिबार) कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौँथो दिन । हिन्दु धर्मावलम्बीहरूले आज गाईको पूजा गरी गाईतिहार मनाउँदैछन् ।

वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी पूजा गर्ने प्रचलन रहिआएको छ । हिन्दू धर्मावलम्बीहरू गाईलाई आमाको रूपमा पुज्दछन् । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई आमा सरह सम्मान गरिएको हो ।

आजको दिन गाईको पूजा गरी मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

आज काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिका ८ मा रहेको असाहाय गाईबाच्छा संरक्षण स्थलमा पनि सामुहिक गाईपूजा गरिएको छ । यहाँ सडकमा अलपत्र परेका गाईबाच्छालाई संरक्षण दिँदै आइएको छ । अहिले यस स्थलमा करिब ६० वटा गाईबाच्छा संरक्षित छन् ।

तस्वीरहरूः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register