लेबनान र गाजाका अस्पतालमा इजरायली ड्रोन आक्रमणः दुई स्वास्थ्यकर्मीको मृत्यु, एक बालक घाइते

इजरायली सुरक्षा बलहरूले गाजाको उत्तरी क्षेत्रस्थित कमाल अदवान अस्पतालमा आक्रमण गर्दा ती बालक घाइते हुनका साथै अस्पतालको नर्सरीमा समेत क्षति पुगेको अलजजिराले जनाएको छ ।

Nov 4, 2024 - 02:15
 0
लेबनान र गाजाका अस्पतालमा इजरायली ड्रोन आक्रमणः दुई स्वास्थ्यकर्मीको मृत्यु, एक बालक घाइते

काठमाडौं– दक्षिणी लेबनान र उत्तरी गाजाका अस्पतालमा इजरायली सुरक्षा फौजले गरेको ड्रोन आक्रमणमा परी दुई लेबनानी स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने एक प्यालेस्टिनी बालक गम्भीर घाइते भएका छन् ।

इजरायली सुरक्षा बलहरूले गाजाको उत्तरी क्षेत्रस्थित कमाल अदवान अस्पतालमा साेमबार बिहान आक्रमण गर्दा ती बालक घाइते हुनका साथै अस्पतालको नर्सरीमा समेत क्षति पुगेको अलजजिराले जनाएको छ ।

त्यस्तै, इजरायलले दक्षिणी लेबनानको एक स्वास्थ्य केन्द्रमा आक्रमण गर्दा दुई स्वास्थ्यकर्मीको ज्यान गएको हो ।

यसैगरी कमाल अदवान अस्पताल नजिकैको इन्डोनेशियन अस्पतालको गेट र पर्खालमा पनि इजरायली ड्रोनले आक्रमण गरेको छ ।

पछिल्ला दिनहरूमा इजरायलले उत्तरी गाजा र दक्षिणी लेबनानमा निरन्तर आक्रमण गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register