अमेरिकी राष्ट्रपति चुनाव: कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा

काठमाडौँ। अमेरिकामा आगामी नोभेम्बर ५ मंगलबारका दिन हुने राष्ट्रपतिको चुनाव हुनु अगावै झण्डै ७ करोड ८० मतदाताहरुले मतदान गरि सकेका छन् । सन् २०२० मा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ७ करोड ४२ लाख मत प्राप्त गरेका थिए । फ्लोरिडा विश्वविद्यालयको निर्वाचन प्रयोगशाला(University of Florida’s Election Lab.)को तथ्याङ्क अनुसार आइतबार राती ९:०० बजे सम्म करिब ७७ मिलियन […]

Nov 4, 2024 - 13:08
 0
अमेरिकी राष्ट्रपति चुनाव: कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा

काठमाडौँ।

अमेरिकामा आगामी नोभेम्बर ५ मंगलबारका दिन हुने राष्ट्रपतिको चुनाव हुनु अगावै झण्डै ७ करोड ८० मतदाताहरुले मतदान गरि सकेका छन् । सन् २०२० मा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ७ करोड ४२ लाख मत प्राप्त गरेका थिए ।

फ्लोरिडा विश्वविद्यालयको निर्वाचन प्रयोगशाला(University of Florida’s Election Lab.)को तथ्याङ्क अनुसार आइतबार राती ९:०० बजे सम्म करिब ७७ मिलियन अमेरिकीहरूले निर्वाचन मिति अगाडी नै मतदान गरेका छन्।

लगभग ७८ मिलियन अभिलेख (रेकर्ड )गरिएको डाक (मेल) तथा व्यक्तिगत रुपमा मतदान केन्द्रमा गै मतदान गरेको उक्त संस्थाले जनाएको छ ।

३५ मिलियन भन्दा ज्यादा अर्थात् ३५ ,३४८ ,८५८ (३ करोड ५३ लाख )हुलाक मार्फत पठाईएको डाक मतपत्रहरू चुनाव हुने स्थानमा राष्ट्रिय रूपमा फर्काइएका छन् । त्यसैगरी मतदान केन्द्रमा गएर मतदान गर्नेहरुको संख्या ४ करोड २६ लाख ५४ हजार पुगेको छ ।

यस पटक पछिल्लो मतसर्वेक्षणमा उपराष्ट्रपति कमला ह्यारिस तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बीच अत्यन्तै प्रतिस्प्रद्धा रहेको छ ।

स्मरण रहोस ,मतसर्वेक्षणमा अगाडी देखाए पनि गोप्य मतदान भएकोले सन् २०१६ मा हिलारी क्लिन्टन ट्रम्पसँग अप्रत्यासित रुपमा पराजित भएकी थिइन् । सर्वेक्षणमा क्लिन्टन अगाडी देखिएकी थिइन् । सन् २०२० मा राष्ट्रपति जो बाइडेनसँग लड्दा ट्रम्पले ७ करोड ४२ लाख मत प्राप्त गरेका थिए । सन् २०२० मा अन्तिम समय सम्म बाइडेन ट्रम्प भन्दा मतसर्वेक्षणमा अगाडी रहेका थिए। सन् २०२० मा पत्रपत्रिकाको भविष्यवाणी मिलेको थियो तर २०१६ मा मिलाउन सकेनन् । हिलारीले हार बेहर्नु पर्यो ।

दुवै उम्मेदवारहरु ट्रम्प र कमला ह्यारिस अन्तिम समय सम्म कुनै कसर नछोड्न अहोरात्र मेहनत गरि रहेका छन् । हरेक दिन २-३ वटा राज्यका विभिन्न स्थानमा पुगी अमेरिकी जनतालाई आफ्ना योजना बारेमा बताई रहेका छन् ।

सिबिएसन्यूजका अनुसार पेन्सेलभेनियामा ट्रम्प र ह्यारिस बीच ४९ % -४९ % रहेको छ । कुनै पनि उम्मेदवार फराकिलो अङ्कले अगाडी छैनन् । त्यस्तै गरि अर्को महत्वपूर्ण युद्धभूमि मिसिगनमा ह्यारिसको पक्षमा ५० % र ट्रम्पको पक्षमा ४८ % अङ्क रहेको छ।

यसै गरि विस्कनसिनमा पनि ह्यारिस अगाडी छिन् जहाँ उनले ५० % अङ्क प्राप्त गरेकी छिन भने ट्रम्प ४८ % अङ्कमा रहेका छन् । त्यस्तै नेभादामा ह्यारिस र ट्रम्प ४९ % – ४९ % मा रहेका छन् ।

रिपब्लिकनहरुको गढमा जर्जियामा ट्रम्प अगाडी छन् उनी ५० % अङ्कमा छन् भने ह्यारिस ४८ % मा रहेकी छिन । त्यस्तै एरिजोनामा पनि ट्रम्प ५० % र ह्यारिस ४८ % मा रहकी छिन् । यसैगरी नर्थ क्यारोलाइनामा ट्रम्प ५० % र ह्यारिस ४८ % मा रहेकी छिन्

त्यस्तै नेब्रास्का सिडी२ मा ह्यारिस ५१ % र ट्रम्प ४७ % मा रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register