सार्कका सदस्य राष्ट्रबीच दिगो विकास र गरिबी निवारणका विषयमा छलफल

काठमाडौं । सार्क सदस्य राष्ट्रहरूबीच दिगो विकास लक्ष्य र गरिबी निवारण कार्ययोजनाका विषयमा छलफल भएको छ । काठमाडौं चलेको दुई दिने परामर्श कार्यशाला आयोजनामा यस विषयमा छलफल भएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका प्रा.डा. शिवराज अधिकारीले सार्क क्षेत्रको जनसंख्या नै विकासको चुनौती बनेको बताए । साथै, क्षेत्रीय नेतृत्व सहयोग विशेषज्ञ क्षेत्रीय प्रमुख डोङ्ज्याङ लीले […]

Oct 22, 2024 - 11:19
 0
सार्कका सदस्य राष्ट्रबीच दिगो विकास र गरिबी निवारणका विषयमा छलफल

काठमाडौं । सार्क सदस्य राष्ट्रहरूबीच दिगो विकास लक्ष्य र गरिबी निवारण कार्ययोजनाका विषयमा छलफल भएको छ । काठमाडौं चलेको दुई दिने परामर्श कार्यशाला आयोजनामा यस विषयमा छलफल भएको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका प्रा.डा. शिवराज अधिकारीले सार्क क्षेत्रको जनसंख्या नै विकासको चुनौती बनेको बताए ।

साथै, क्षेत्रीय नेतृत्व सहयोग विशेषज्ञ क्षेत्रीय प्रमुख डोङ्ज्याङ लीले एसियाली विकास बैंक सार्कको दीर्घकालीन विकास साझेदारका रूपमा रहन चाहेको बताए । क्षेत्रीय सहयोग र एकीकरणलाई थप प्रवर्द्धन गर्न साझेदारी जारी राख्न चाहेको उनले बताए ।

कार्यक्रममा सार्क सदस्य राष्ट्रहरुका वरिष्ठ प्रतिनिधिहरु, गरिबी उन्मूलनका लागि जिम्मेवार मन्त्रालय, एजेन्सीका अधिकारीहरू साथै परराष्ट्र मन्त्रालयहरूका अधिकारी सहभागी थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register