भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना, दुवै पाइलट सकुशल

काठमाडौं – भारतीय वायुसेनाको मिग–२९ लडाकु विमान दुर्घटनामा परेको छ । उक्त विमान सोमबार उत्तर प्रदेशको आग्रानजिक दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विमानमा रहेका दुवै पाइलट सुरक्षित रूपमा निस्किएर बाँच्न सफल भएका छन् । ‘पाइलट र सह–पाइलट दुवै इजेक्ट गर्न सफल भए र दुर्घटनास्थलबाट करिब दुई किलोमिटर टाढा रहेका क्षेत्रहरूमा सुरक्षित उत्रे,’ इन्डिया […]

Nov 5, 2024 - 02:39
 0
भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना, दुवै पाइलट सकुशल

काठमाडौं – भारतीय वायुसेनाको मिग–२९ लडाकु विमान दुर्घटनामा परेको छ ।

उक्त विमान सोमबार उत्तर प्रदेशको आग्रानजिक दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विमानमा रहेका दुवै पाइलट सुरक्षित रूपमा निस्किएर बाँच्न सफल भएका छन् । ‘पाइलट र सह–पाइलट दुवै इजेक्ट गर्न सफल भए र दुर्घटनास्थलबाट करिब दुई किलोमिटर टाढा रहेका क्षेत्रहरूमा सुरक्षित उत्रे,’ इन्डिया टीभी न्युज डट् कमले लेखेको छ ।

यो दुर्घटना पञ्जाबको अदमपुरबाट उडेको मिग–२९ विमान अभ्यासका लागि आग्रा जाँदै गर्दा भएको थियो । उक्त दुर्घटना सोनिगा गाउँ र कागारौल नजिकको खाली खेतमा भएको हो ।

दुर्घटनापछि सो विमानको भित्री भागमा ठूलो आगोको लप्को देखिएको थियो, जुन सामाजिक सञ्जालमा पनि छाइरहेको छ । जहाँ विमान पूरै जलेको देख्न सकिन्छ ।

‘बारमेर क्षेत्रको नियमित रात्रि प्रशिक्षण उडानमा मिग–२९ विमानमा प्राविधिक समस्या देखिएपछि पाइलटले इजेक्ट गर्नुपर्ने अवस्था आएको थियो,’ भारतीय वायुसेनाले भनेको छ, ‘पाइलट सकुशल छन् र यसलाई ठूलो क्षति भन्न मिल्दैन । यद्यपि अनुसन्धानका लागि कोर्ट अफ इन्क्वायरी आदेश गरिएको छ ।’

मिग–२९ विमान दुर्घटनामा परेको यो पहिलो पटक भने होइन । यसअघि पनि २ सेप्टेम्बरमा राजस्थानको बारमेरमा मिग–२९ विमान प्राविधिक कारणले दुर्घटनाग्रस्त बनेको थियो । सो घटनामा पनि पाइलटले समयमै इजेक्ट गरेर आफ्नो जीवन जोगाएका थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register