स्विङ स्टेट नर्थ क्यारोलिनामा ट्रम्प विजयी

काठमाडौं । नर्थ क्यारोलिनामा रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । यो अमेरिकाको सात स्विङ राज्यमध्ये एक हो । स्विङ स्टेट भनेको त्यो राज्य हो, जहाँ चुनावमा जित वा पराजय एकदमै नजिक हुन्छ । उत्तरी क्यारोलिनाका सबै १६ इलेक्टोरल भोट ट्रम्पले जितेका छन् । अमेरिकामा कुल ५३८ इलेक्टोरल भोटहरू छन्, जसमध्ये […]

Nov 6, 2024 - 05:09
 0
स्विङ स्टेट नर्थ क्यारोलिनामा ट्रम्प विजयी

काठमाडौं । नर्थ क्यारोलिनामा रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । यो अमेरिकाको सात स्विङ राज्यमध्ये एक हो ।

स्विङ स्टेट भनेको त्यो राज्य हो, जहाँ चुनावमा जित वा पराजय एकदमै नजिक हुन्छ ।

उत्तरी क्यारोलिनाका सबै १६ इलेक्टोरल भोट ट्रम्पले जितेका छन् । अमेरिकामा कुल ५३८ इलेक्टोरल भोटहरू छन्, जसमध्ये विजयका लागि २७० मत आवश्यक पर्दछ ।

अधिकांश स्विङ स्टेटको नतिजा आउन बाँकी छ । कमला ह्यारिसले पेन्सिलभेनिया, मिशिगन र विस्कन्सिनमा जित्ने अपेक्षा गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register