ग्यालेक्सी टीभीमा पैसा पठाउने स्वर्णलक्ष्मी सहकारीका लेखा समिति सदस्य पक्राउ

काठमाडौं । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मंगलबार राति जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए । प्रहरी परिसरमा यस सहकारीको रकम अपचलनमा ६४५ जनाले जाहेरी दिएका छन् । यस सहकारीमा जिबी राई […]

Nov 6, 2024 - 12:15
 0
ग्यालेक्सी टीभीमा पैसा पठाउने स्वर्णलक्ष्मी सहकारीका लेखा समिति सदस्य पक्राउ

काठमाडौं । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मंगलबार राति जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए ।

प्रहरी परिसरमा यस सहकारीको रकम अपचलनमा ६४५ जनाले जाहेरी दिएका छन् ।

यस सहकारीमा जिबी राई अध्यक्ष समेत थिए । सहकारी सम्बन्धी विशेष समितिले यस सहकारीको पनि छानबिन गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register