मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारीलाई एमालेले गर्‍यो निलम्बन

काठमाडौं । मानव तस्करीमा मुछिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीलाई नेकपा एमालेले निलम्बन गरेको छ । शनिबार नेकपा एमाले कोशी प्रदेश कमिटीले उनलाई सङ्गठित सदस्यबाट निलम्बन गरेको हो । आरोपको अन्तिम निरूपण नभएसम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । […]

Nov 9, 2024 - 09:33
 0
मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारीलाई एमालेले गर्‍यो निलम्बन

काठमाडौं । मानव तस्करीमा मुछिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीलाई नेकपा एमालेले निलम्बन गरेको छ ।

शनिबार नेकपा एमाले कोशी प्रदेश कमिटीले उनलाई सङ्गठित सदस्यबाट निलम्बन गरेको हो ।

आरोपको अन्तिम निरूपण नभएसम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

अधिकारीमाथि नक्कली कागजपत्र बनाएर तीन जनालाई जापान लगेको आरोप छ । उनी कात्तिक दोस्रो साता एक कार्यक्रमका लागि जापान गएपनि त्यहाँको अध्यागमन विभागले फिर्ता गरेको थियो ।

अधिकारीसँगै जापान गएकाहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूले प्रहरीलाई अधिकारीलाई १० देखि १२ लाखसम्म रकम दिएको बयान दिएका छन् ।

विवाद भएपछि अधिकारीले गत २० गते नै राजीनामा दिइसकेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register