हिथ्रो बिजनेस समिटमा नेपाली कन्सल्टिङ कम्पनीलाई तृतीय स्थान

लन्डन– पीएमपीएस कन्सल्टिङले हिथ्रो बिजनेस समिट २०२४ मा भाग लिएको छ । साना तथा मझौला उद्यमहरु (एसएमई), आपूर्तिकर्ता तथा हिथ्रोस्थित रणनीतिक साझेदारहरुलाई प्ल्याटफर्म उपलब्ध गराएर स्थानीय समुदायको आर्थिकवृद्धिमा सघाउने उद्देश्यले आयोजना गरिएको उक्त एक्स्पोमा पीएमपीएस कन्सल्टिङसहित ४५ वटा एसएमई एवं १५ वटा रणनीतिक साझेदारहरुले आफ्नो उत्पादन, सीप तथा सेवाबारे प्रदर्शन गरे । हिथ्रो बिजनेश समिटमा […]

Nov 14, 2024 - 22:34
 0
हिथ्रो बिजनेस समिटमा नेपाली कन्सल्टिङ कम्पनीलाई तृतीय स्थान

लन्डन– पीएमपीएस कन्सल्टिङले हिथ्रो बिजनेस समिट २०२४ मा भाग लिएको छ । साना तथा मझौला उद्यमहरु (एसएमई), आपूर्तिकर्ता तथा हिथ्रोस्थित रणनीतिक साझेदारहरुलाई प्ल्याटफर्म उपलब्ध गराएर स्थानीय समुदायको आर्थिकवृद्धिमा सघाउने उद्देश्यले आयोजना गरिएको उक्त एक्स्पोमा पीएमपीएस कन्सल्टिङसहित ४५ वटा एसएमई एवं १५ वटा रणनीतिक साझेदारहरुले आफ्नो उत्पादन, सीप तथा सेवाबारे प्रदर्शन गरे ।

हिथ्रो बिजनेश समिटमा नेपाली कन्सल्टिङ कम्पनीको सहभागिता सम्भवतः यो पहिलोपटक हो ।

एक्स्पोमा ६ वटा कार्यशाला गोष्ठी तथा अन्य सत्रहरु पनि आयोजना गरिएको थियो । एसएमई एक्जिबिटर कम्पिटिसनमा पीएमपीएस कन्सल्टिङले तेश्रो स्थान प्राप्त गर्न सफल भएको छ।

‘पीएमपीएस कन्सल्टिङ र मेरो व्यक्तिगत तर्फबाट पनि म हामीलाई मत दिनु हुने ४०० भन्दा बढी दर्शक तथा सहभागीहरु र यो सफलता हासिल गर्न सघाउने पीएमपीएस टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु’, पीएमपीएस कन्सल्टिङका निर्देशक वरिष्ठ इन्जिनियर सुबोध तिमिल्सिनाले भने- ‘यो हाम्रा लागि अत्यन्तै स्मरणीय र सफल सहभागिता रह्यो ।’

तिमिल्सिनाले अत्यन्त उपयोगी प्रदर्शनी आयोजना गरेकामा हिथ्रो विमानस्थल, हिलिङ्डन च्याम्बर अफ कमर्श तथा व्यवसायिक समूहहरुलाई पनि धन्यवाद दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register