साढे २८ करोडभन्दा बढीले घट्यो नेपाल टेलिकमको नाफा 

काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा खुद मुनाफा २८ करोड ७८ लाख ४१ हजार रुपैयाँले घटेको छ । टेलिकमले सार्वजनिक गरेको चालु आवको त्रैमासिक वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा कम्पनीको खुद मुनाफा साढे २८ करोडभन्दा बढीले घटेको देखिएको हो । विवरण अनुसार कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको खुद मुनाफा १ अर्ब […]

Nov 15, 2024 - 06:23
 0
साढे २८ करोडभन्दा बढीले घट्यो नेपाल टेलिकमको नाफा 

काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा खुद मुनाफा २८ करोड ७८ लाख ४१ हजार रुपैयाँले घटेको छ । टेलिकमले सार्वजनिक गरेको चालु आवको त्रैमासिक वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा कम्पनीको खुद मुनाफा साढे २८ करोडभन्दा बढीले घटेको देखिएको हो ।

विवरण अनुसार कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको खुद मुनाफा १ अर्ब ७३ करोड ९५ लाख ८९ हजार रहेको छ । गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब २ करोड ७४ लाख ३१ हजार खुद मुनाफा गरेको थियो ।

चालु आवको तीन महिनामा टेलिकमको कुल आय १० अर्ब ६ करोड ३७ लाख ३५ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कूल आय १० अर्ब ६४ करोड ८७ लाख ९२ हजार रुपैयाँ रहेको थियो । यसर्थ, यस वर्षको कम्पनीको कूल आय ५८ करोड ५० लाख ५७ हजार रुपैयाँले कम छ ।

यस्तै टेलिकमले आवको कुल सञ्चालन आय ८ अर्ब ६८ करोड १ लाख ८५ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधिको कुल सञ्चालन आय ८ अर्ब ५८ करोड ५० लाख ६३ हजार रुपैयाँको तुलनामा ९ करोड ५१ लाख २२ हजार अर्थात् १.११ प्रतिशतले बढेको पनि जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register