बाइडेन र ट्रम्पबीच भेटवार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ। गए राति ह्वाइटहाउसमा बाइडेन र ट्रम्पबीच भेटवार्ता भएको हो। भेटवार्तामा सत्ता हस्तान्तरण र यसको प्रक्रियाको बारेमा छलफल भएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । अमेरिकी राजनीतिमा निर्वाचनपछि वर्तमान राष्ट्रपति र नयाँ निर्वाचित राष्ट्रपतिबीच औपचारिक रूपमा भेट गर्ने परम्परा रहँदै आएको छ। […]

Nov 14, 2024 - 03:10
 0
बाइडेन र ट्रम्पबीच भेटवार्ता

काठमाडौं ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ। गए राति ह्वाइटहाउसमा बाइडेन र ट्रम्पबीच भेटवार्ता भएको हो।

भेटवार्तामा सत्ता हस्तान्तरण र यसको प्रक्रियाको बारेमा छलफल भएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । अमेरिकी राजनीतिमा निर्वाचनपछि वर्तमान राष्ट्रपति र नयाँ निर्वाचित राष्ट्रपतिबीच औपचारिक रूपमा भेट गर्ने परम्परा रहँदै आएको छ।

यस भेटमा ट्रम्प आफ्नो नयाँ टिमसहित ह्वाइट हाउस पुगेका थिए। जसमा उनले नियुक्त गरेकी चिफ अफ स्टाफ सिसे वाइल्स पनि रहेकी थिइन्।

बाइडेनले ट्रम्पलाई ह्वाइट हाउसमा स्वागत गर्दै सत्ताको सहज हस्तान्तरण हुने स्पष्ट गरेका थिए। ट्रम्पले पनि ह्वाइटहाउसमा पुनः आउन पाउँदा खुसी लागेको उल्लेख सत्ता हस्तान्तरणको प्रक्रिया सहज रूपमा अगाडी बढिरहेकोमा सन्तोष व्यक्त गरेका थिए।

नोभेम्बर ५ को निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेपछि ट्रम्पले ह्वाइटहाउसमा शानदार कम ब्याक गरेका छन्। अहिले उनले आफ्नो प्रशासनमा धमाधम नियुक्तिहरू गरिरहेका छन्। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register