नेपाल माझी उत्थान संघकाे बागमती प्रदेश तदर्थ समिती गठन

काठमाडौं । नेपाल माझी उत्थान संघ बागमती प्रदेश तदर्थ समितीकाे अध्यक्षमा अमृत माझी चुनिएका छन् । शनिबार आदिवासी जनजाति महासङ्घको कार्यालयमा भएको संघकाे बाग्मती प्रदेशस्तरीय भेलाले माझीलाई अध्यक्ष चुनेको हो । समितिकाे उपाध्यक्षमा मनिषा माझी र राेहन माझी चुनिएका छन भने सचिवमा प्रदिप माझी छन् । त्यसै गरि, उज्ज्वल माझी सहसचिव रहेका छन् भने काेषअध्यक्षमा […]

Nov 9, 2024 - 13:33
 0
नेपाल माझी उत्थान संघकाे बागमती प्रदेश तदर्थ समिती गठन

काठमाडौं । नेपाल माझी उत्थान संघ बागमती प्रदेश तदर्थ समितीकाे अध्यक्षमा अमृत माझी चुनिएका छन् ।

शनिबार आदिवासी जनजाति महासङ्घको कार्यालयमा भएको संघकाे बाग्मती प्रदेशस्तरीय भेलाले माझीलाई अध्यक्ष चुनेको हो ।

समितिकाे उपाध्यक्षमा मनिषा माझी र राेहन माझी चुनिएका छन भने सचिवमा प्रदिप माझी छन् । त्यसै गरि, उज्ज्वल माझी सहसचिव रहेका छन् भने काेषअध्यक्षमा सविना माझी चुनिएकी छिन ।

त्यस्तै, सदस्यहरु विमला माझी, मञ्जु माझी, रुन्चे माझी, नविना माझी, नारायण माझी र काैशिका माझी रहेका छन् । समितिमा दुइजना थप गरिने नेपाल माझी उत्थान संघकी अध्यक्ष चिनिमाया माझीले बताएकी छन् ।

छलफलमा मरिण गाउँपालिकाकी उपाध्यक्ष विमला माझीले माझी समुदायमा नेतृत्वदायि क्षमता हुनुपर्ने धारणा राखिन् । नेतृत्व तहमा नपुगेसम्म बाहिर बसेर जति कराए पनि राज्यको नजरमा पर्न नसकिने उनको तर्क छ ।

“माझीको हकहित र अधिकार को लागि बोल्न नडराउनुहाेस । अब हरेक माझी आफ्नै स्थानबाट उठ्न र बोल्न जरुरी छ ।” उपाध्यक्ष माझीले भनिन् ।

नवगठित समितिले समुदायको हक अधिकार, गुनासा र समस्या सम्बोधनको पक्षमा डटेर काम गराेस भन्दै नेपाल महिला माझी उत्थान संघकी अध्यक्ष रिता माझीले कार्यसमिति सदस्यलाई शुभकामना दिइन ।

उनले देशभर छरिएर रहेका माझी समुदायहरूलाई आफूहरूको पक्षमा बोल्ने तह पनि छ भन्ने आभास नेपाल माझी उत्थान संघले दिलाउनुपर्ने बताइन ।

माझीहरूले व्यक्तिगत स्वार्थलाई त्यागेर समुदायको मुद्दा र स्वार्थ बोकी अगाडि बढ्न जरुरी रहेको उनको भनाइ छ ।

उनी भन्छिन्, “हरेकले समुदायकै लागि लड्छु, समुदायकै लागि बोल्छु भनेर माझी समुदायको स्वार्थ बोकेर अगाडि बढ्न जरुरी छ ।”

अतीसिमान्तकृत समुदायमा पर्ने माझी जातीलाई अगाडि बढाउन सर्वप्रथम त मातृभाषा बचाउनुपर्ने आदिवासी जनजाति महासङ्घको अध्यक्ष ग्याल्जेन शेर्पाको तर्क छ ।

उनी भन्छन्, “भाषालाई चाहिँ जाेगाउनुहाेस, भाषा जोगियो भने हाम्रो पहिचान जोगिन्छ संस्कृति जोगिन्छ, अनि हामी जोगिन्छौँ । आफ्नो समुदाय जोगाउन आफै लागि पर्न पर्छ ।”

उनी माझी समुदायमा सचेतना कार्यक्रमहरू ल्याउनुपर्ने बताउँछन् । हरेक माझी साक्षर भए आफ्नो र समुदायको हकहितको लागि लड्न सक्ने उनको दाबी छ ।

“माझी समुदायमा सचेतना कार्यक्रमहरू गर्न पर्याे । नेतृत्व तहमा आउन पर्याे । राजनीतिक क्षेत्रमा नपसी समुदायलाई राज्यको नजरमा ल्याउन सकिँदैन ।” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register