दुर्गा प्रसाईंको आरोप र नेताहरुको कम्बोडिया भ्रमणबीच कनेक्सन छ ? फगत संयोग वा अरु केही ?

काठमाडौँ । नेपालमा विभिन्न राजनीतिक दलका नेताहरुको जम्बो टोली कम्बोडिया प्रस्थान गरेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपासहितका दलका नेताहरु बुधबार राति कम्बोडिया गएका हुन । नेताहरु कम्बोडिया गएको विषयमा नेपालमा भने चासो बढेको छ । सामाजिक सञ्जालहरूमा एमाले नेता डा. राजन भट्टराईसहित केही नेता एकाएक कम्बोडियातर्फ लागेको भन्दै धेरैले चासो राखेका छन । […]

Nov 21, 2024 - 11:17
 0
दुर्गा प्रसाईंको आरोप र नेताहरुको कम्बोडिया भ्रमणबीच कनेक्सन छ ? फगत संयोग वा अरु केही ?

काठमाडौँ । नेपालमा विभिन्न राजनीतिक दलका नेताहरुको जम्बो टोली कम्बोडिया प्रस्थान गरेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपासहितका दलका नेताहरु बुधबार राति कम्बोडिया गएका हुन । नेताहरु कम्बोडिया गएको विषयमा नेपालमा भने चासो बढेको छ । सामाजिक सञ्जालहरूमा एमाले नेता डा. राजन भट्टराईसहित केही नेता एकाएक कम्बोडियातर्फ लागेको भन्दै धेरैले चासो राखेका छन । त्यस्तो चासोहरुमा दुर्गा प्रसाईंले उठाएको विषय पनि जोडिएको छ । तर, कम्बोडियामा कार्यक्रम भने अर्कै छ ।

चासोपछि एमाले नेता भट्टराईले सामाजिक सञ्जालमार्फत कम्बोडिया यात्राबारे बताएका छन । आफू पार्टीको स्थायी समितिको सदस्यको हैसियतले कम्बोडियामा हुने आइक्यापको १२औँ अधिवेशनमा भाग लिन त्यसतर्फ गएको उनले लेखेका छन् । उनले कार्यक्रममा भाग लिन नेपालका ५ भन्दा बढी दलका १३ जना प्रतिनिधि गएको समेत उल्लेख गरेका छन् ।

एमालेबाट पूर्वमन्त्री रघुबीर महासेठ पनि कम्बोडिया पुगेका छन् । कम्बोडियाबाट कांग्रेस नेतृ सुजाता कोइरालाले आफूसहित एमाले नेता भट्टराई र महासेठ कम्बोडिया पुगेको जानकारी दिइन । उनले अन्य केही राजनीतिक दलका नेताहरु पनि कम्बोडिया आउने जानकारी भएको बताइन । कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत समेत कम्बोडिया यात्राबारे बताएकी छिन् ।

एसियाका राजनीतिक दलहरुको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आफू कम्बोडिया गएको उनले सो भिडियोमा भनेकी छन । उनले कम्बोडियामा हुने कार्यक्रममा संस्कृति, विविधता र शान्तिको विषयमा छलफल हुने तथा सामाजिक संजालका राम्रा र नराम्रा दुबै पक्षमा छलफल हुने बताएकी छन । ‘म मेरो मातृभूमिलाई संसारसित जोडेर त्यहाँ मेरा कुरा राख्ने छु ।’, उनले आफ्नो भिडियो सन्देशमा भनेकी छिन ।

कार्यक्रममा सहभागी हुन राप्रपाका नेता उद्दब पौडेलसहित नेता केदारबहादुर अधिकारी कम्बोडिया गएका छन । यसैगरी कांग्रेस नेता दिब्यमणिराज भण्डारी पनि कम्बोडिया पुगेका छन । अन्य नेताहरू विहीबार(आज) साँझसम्म कम्बोडिया पुग्ने बताइएको छ । एमाले नेता भट्टराईका अनुसार माओवादी केन्द्रबाट पूर्वसभामुखसमेत रहेका नेता अग्निप्रसाद सापकोटाको नाम कम्बोडिया कार्यक्रमको विवरणमा छ । यस्तै सो दलबाट गोकर्णप्रसाद भट्ट पनि आगन्तुकको सुचीमा छन् ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीबाट डा. शंकरप्रसाद खतिवडा र वीरबहादुर तामाङको नाम छ । त्यस्तै जनमत पार्टीका अध्यक्ष सीके राउत र परिवार दलका अध्यक्ष एकनाथ ढकालको नाम समेत सहभागीको सुचीमा छ । त्यस्तै जसपाबाट भरत गुरुङको नाम समावेश छ । उनीहरु केही आज कम्बोडिया पुग्दैछन ।

कम्बोडियामा हुने कार्यक्रमको बिहीबार साँझ उद्‌घाटन हुने कार्यतालिका छ । उद्घाटनपछि डीनर आयोजना गरिएको छ भने भोलि (शुक्रबार) विभिन्न चार सत्रमा मुख्य छलफल हुनेछ । कार्यक्रममा भोलिबाट चार वटा सत्रमा विभिन्न विषयमा छलफल हुनेछ । मिडिया फोरममा विश्वमा शान्तिका लागि भएका काम र प्रयासबारे एउटा सत्रमा छलफल हुनेछ । त्यस्तै, संस्कृति र विविधताका विषयमा अर्को छलफल हुनेछ भने नेतृत्वका सम्बन्धमा फरक छलफल हुनेछ । त्यस्तै फेक न्युज तथा सामाजिक संजालका सकारात्मक र नकारात्मक पक्षका विषयमा अर्को छुट्टै समुहगत छलफल हुनेछ ।

कार्यक्रममा भारत र चीनबाट समेत राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्राप्त सुचना अनुसार भारतबाट भारतीय जनता पार्टी (भाजपा) र कांग्रेस आईबाट कोही पनि सहभागी भएका छैनन् । अन्य दलबाट भने सहभागी छन । एसियाका अन्य मुलुक तथा ल्याटिन अमेरिकाबाटसमेत विभिन्न राजनीतिक दलका नेताहरु कार्यक्रममा सहभागी हुन पुगेका छन । कांग्रेस नेतृ कोइरालाले कार्यक्रमसकेर २४ नोभेम्बरमा स्वदेश फर्किने तालिका रहेको बताइन । दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओली लगायतका एमाले नेताहरुले कम्बोडियामा ३२ अर्ब लगानी गरिएको भन्ने भ्रमपुर्ण हल्ला फिजाएका थिए । त्यसपछि लगत्तै नेताहरुको कम्बोडिया भ्रमण हुँदा सामाजिक संजालमा चासो देखिएको थियो । प्रसाईं भने हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा छन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register