झापामा विकास खर्च निराशाजनक

झापा, ६ मंसिर । झापामा चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चारमहिना (चौमासिक) मा ७ प्रतिशत मात्रै पुँजीगत अर्थात जिकास खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका अनुसार पहिलो चौमासिकमा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको हो । पुँजीगततर्फ १० अर्ब २८ करोड चार लाख विनियोजन भएकामा कार्तिक मसान्तसम्म ७५ [...] The post झापामा विकास खर्च निराशाजनक appeared first on Jhapa Online.

Nov 21, 2024 - 02:18
 0
झापामा विकास खर्च निराशाजनक

झापा, ६ मंसिर । झापामा चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चारमहिना (चौमासिक) मा ७ प्रतिशत मात्रै पुँजीगत अर्थात जिकास खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका अनुसार पहिलो चौमासिकमा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको हो । पुँजीगततर्फ १० अर्ब २८ करोड चार लाख विनियोजन भएकामा कार्तिक मसान्तसम्म ७५ करोड ४८ लाख खर्च भएको प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीले बताए ।

चालुतर्फ विनियोजित १५ अर्ब ८८ करोड ३८ लाख ९२ हजार मध्ये २९ दशमलव २२ अर्थात् चार अर्ब ६४ करोड १७ लाख खर्च भएको उनले जानकारी दिए । समग्रमा चालु आर्थिक वर्ष २०८१/०८२ को कार्तिक मसान्तसम्म जम्मा २० दशमलव ६३ प्रतिशत अर्थात् पाँच अर्ब ३९ करोड ६५ लाख ६१ हजार खर्च भएको प्रमुख कोष नियन्त्रक भण्डारीले बताए । उनका अनुसार समयमै बजेट निकासा हुँदा पनि जिल्लास्थित संघीय कार्यालय तथा स्थानीय तहले अपेक्षित पुँजीगत बजेट खर्च गर्न सकेनन् ।

यो आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकमा जिल्लाभर ६ अर्ब एक करोड ९८ लाख ८६ हजार राजश्व सङ्कलन भएको छ । यस अवधिमा सबैभन्दा धेरै मेची भन्सार कार्यालय काँकरभिट्टाले चार अर्ब ६२ करोड ८४ लाख राजश्व सङ्कलन गरेको छ ।

The post झापामा विकास खर्च निराशाजनक appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register