आईक्यानले मनायो अन्तराष्ट्रिय लेखा दिवस

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (आईक्यान)ले अन्तराष्ट्रिय लेखा दिवस मनाएको छ । आईक्यानले आइतबार (नोभेम्बर १०) अन्तराष्ट्रिय लेखा दिवस मनाएको हो । दिवसको अवसरमा आईक्यानले आइतबार बिहानै प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा संस्थाका पार्षद् तथा पूर्वअध्यक्ष, लेखा विद्यार्थी लगायत विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । दिवसलाई विश्वव्यापी रुपमा वित्तीय इमान्दारी, पारदर्शिता […]

Nov 10, 2024 - 04:21
 0
आईक्यानले मनायो अन्तराष्ट्रिय लेखा दिवस

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (आईक्यान)ले अन्तराष्ट्रिय लेखा दिवस मनाएको छ । आईक्यानले आइतबार (नोभेम्बर १०) अन्तराष्ट्रिय लेखा दिवस मनाएको हो ।

दिवसको अवसरमा आईक्यानले आइतबार बिहानै प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा संस्थाका पार्षद् तथा पूर्वअध्यक्ष, लेखा विद्यार्थी लगायत विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

दिवसलाई विश्वव्यापी रुपमा वित्तीय इमान्दारी, पारदर्शिता र आर्थिक प्रगतिमा एकाउन्टेन्टहरुको अपरिहार्य भूमिकाका रुपमा मनाइएको आईक्यानले जनाएको छ ।

सोही अवसरमा आईक्यानले संस्थागत रूपमा, आफ्ना सदस्यहरूलाई समर्थन गर्न र पेशालाई उच्चतम विशेषता र नैतिक अभ्यासका मानकहरूमार्फत अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register