एनपीएलविरुद्धको मुद्दामा अदालतले दिएन रोक्ने आदेश, आयोजना गर्न बाटो खुला

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट आमीर अख्तरलेले नेपाल प्रिमियर लिगको अधिकार क्यानले आफूलाई दिएको जिकिर गर्दै खेल रोक्न माग गरेका थिए । आइतबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ […]

Nov 10, 2024 - 09:34
 0
एनपीएलविरुद्धको मुद्दामा अदालतले दिएन रोक्ने आदेश, आयोजना गर्न बाटो खुला

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट आमीर अख्तरलेले नेपाल प्रिमियर लिगको अधिकार क्यानले आफूलाई दिएको जिकिर गर्दै खेल रोक्न माग गरेका थिए ।

आइतबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ माग गरेको छ । तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन ।

यो आदेशसँगै १६ मंसिरमा सुरु हुने एनपीएल सञ्चालनका लागि बाटो खुला भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register