एससीटी र माईपेबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्ने सम्झौता

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड (एससीटी) र भुक्तानी सेवा प्रदायक संस्था स्मार्टकार्ड नेपाल (माईपे) बिच “स्मार्ट क्यूआर” मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको छ । सम्झौतापछि माईपे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआरमार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टलाई भुक्तानीका साथै विभिन्न व्यापार, व्यवसायमा संलग्न व्यवसायीले क्यूआरमार्फत भुक्तानीका निम्ति स्मार्ट क्यूआर […]

Nov 10, 2024 - 10:10
 0
एससीटी र माईपेबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्ने सम्झौता

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड (एससीटी) र भुक्तानी सेवा प्रदायक संस्था स्मार्टकार्ड नेपाल (माईपे) बिच “स्मार्ट क्यूआर” मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको छ ।

सम्झौतापछि माईपे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआरमार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टलाई भुक्तानीका साथै विभिन्न व्यापार, व्यवसायमा संलग्न व्यवसायीले क्यूआरमार्फत भुक्तानीका निम्ति स्मार्ट क्यूआर सुविधा पनि लिन सक्नेछन् ।

एससिटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र माईपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गरेका छन् ।

स्मार्ट क्यूआरमार्फत हुने कारोबारबापतको रकम मर्चेन्टको खातामा तत्कालै फर्स्योट हुने हुँदा सेवा सुरु भएपछि माईपे वालेटका प्रयोगकर्तालगायत मर्चेन्टलाई कारोबार झनै सहज हुने विश्वास कम्पनीको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register