लन्डनमा भव्यताका साथ देवकोटा जयन्ती

लन्डन । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत शाखाले महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११६ औं जयन्ती भव्य रुपमा मनाएको छ। डा. रुपक श्रेष्ठको संयोजन, कुमार केसीको जूम होस्ट तथा मन्जु भण्डारीबाट संचालित उक्त कार्यक्रम प्रा. डा . हरि पौड्यालको बांसुरी धूनमा महाकविको “कुन मन्दिरमा जान्छौ यात्री” तथा शास्त्रिय धूनसहित शुरु भएको थियो। महाकविकी नातिनी कवि […]

Nov 10, 2024 - 18:03
 0
लन्डनमा भव्यताका साथ देवकोटा जयन्ती

लन्डन । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत शाखाले महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११६ औं जयन्ती भव्य रुपमा मनाएको छ।

डा. रुपक श्रेष्ठको संयोजन, कुमार केसीको जूम होस्ट तथा मन्जु भण्डारीबाट संचालित उक्त कार्यक्रम प्रा. डा . हरि पौड्यालको बांसुरी धूनमा महाकविको “कुन मन्दिरमा जान्छौ यात्री” तथा शास्त्रिय धूनसहित शुरु भएको थियो।

महाकविकी नातिनी कवि मन्जिला अनिलले प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै महाकविको दानशीलता, करुणा, दया र मायाले भरिएको मानवीय व्यक्तित्व उनको काव्यको पृष्ठभूमि रहेको बताइन् ।

विशेष अतिथि बिमल भौकाजीले महाकविको काव्यिक बिराट स्वरुपको संझना गर्दै उनको खण्डकाव्य ‘मुनामदन’ को श्रोत र लेखनबारे प्रकाश पारे।

कार्यक्रमको दोश्रो चरणमा मुक्तककार निलान्जला भारद्वाजको मुक्तक संग्रह ‘निलान्जला’ को बेलायत लोकार्पण भयो। मुक्तककार सुनिल अधिकारीले मुक्तककार भारद्वाजको मुक्तककारीताको बारेमा प्रकाश पारे। मुक्तककार स्वयंले मुक्तक उनको सबैभन्दा प्रिय बिधा रहेको जनाउंदै आफ्ना मुक्तक सुनाए।

वियोगी बुढाथोकी, वाशु शर्मा, साबी श्रेष्ठ, दुर्गा पोखरेल, डा. संगीता स्वेच्छा, केदार संकेत, सुनिल अधिकारी, निलान्जला भारद्वाज, मन्जिला अनिल, सौरभ कारन्जित, माया गुरुंग, मन्जु भण्डारी, सारा गुरुंग, विसन थापा, कुमार के सी, प्रतिमा केसी, जीत छन्त्याल, रबिन्द्र जोशी, गंगा भण्डारी, राज श्रेष्ठ, रघु भण्डारी, दुष्यन्त भट्टराई, योगराज आचार्य, डिल्लि अम्माई, देवी बास्कोटाले रचना वाचन गरे ।

संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति राज श्रेष्ठले सम्पूर्ण अतिथि तथा साहित्यकारहरुमा गरिमामय उपस्थितिका लागि आभार ब्यक्त गर्दै सभा समापन गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register