धरान मेयर हर्क साम्पाङ परिवारसहित बेलायत उडे

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आफ्नो परिवारसहित बेलायत प्रस्थान गरेका छन् । धरान समाज यूकेको निमन्त्रणामा मेयर साम्पाङ श्रीमति निर्मला लिम्बु र छोराका साथ बिहीबार दिउसो बेलायत प्रस्थान गरेका हुन् । दोहा हुंदै उनीहरु बिहीबार राती १० बजे लन्डन हिथ्रो विमानस्थल टर्मिनल ४ मा उत्रने कार्यक्रम छ । मेयर साम्पाङले उड्नुअघि बिहान त्रिभुवन […]

Oct 17, 2024 - 08:46
 0
धरान मेयर हर्क साम्पाङ परिवारसहित बेलायत उडे

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आफ्नो परिवारसहित बेलायत प्रस्थान गरेका छन् ।

धरान समाज यूकेको निमन्त्रणामा मेयर साम्पाङ श्रीमति निर्मला लिम्बु र छोराका साथ बिहीबार दिउसो बेलायत प्रस्थान गरेका हुन् । दोहा हुंदै उनीहरु बिहीबार राती १० बजे लन्डन हिथ्रो विमानस्थल टर्मिनल ४ मा उत्रने कार्यक्रम छ ।

मेयर साम्पाङले उड्नुअघि बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेसबुकमा लेखेका छन्, ‘उद्देश्यसहितको एउटा अनौठो यात्रा काठमाडौं टु दोहा टु लन्डन, वेटिङ एट लबी ।’

चिन्डेडाँडामा सुम्निमा र पारुहाङ मूर्ति स्थापनाका लागि आर्थिक संकलनसहित अन्य विभिन्न कार्यक्रमका लागि मेयर साम्पाङ बेलायत भ्रमणमा निस्किएका हुन् । उनको पहिलो कार्यक्रम १९ अक्टोबर शनिबार ग्रयाण्ड बर्सटिन होटल फोकस्टनमा राखिएको छ ।

साम्पाङले बेलायतमा रहंदा मेडवे काउन्सिल, फोक्सटन टाउन काउन्सिल, केन्ट काउन्टी काउन्सिल आदिमा स्थानीय जनप्रतिनिधिसंग भेटघाट गर्ने कार्यक्रम तय छ ।

आउंदो २ नोभेम्बरमा नेपाल फर्कनु अघि उनी आसफोर्डका प्रि एण्ड प्राइमरी स्कुल भ्रमण, युनिभर्सिटी अफ केन्ट, टुआरजिआर भ्रमण, किरात राई यायोख्या भवन र वेष्ट मिनिष्टरस्थित संसद भवन अवलोकन लगायत कार्यक्रम समेत रहेको समाजले जनाएको छ ।

मेयर र राष्ट्रिय धावक बैकुण्ठ मानन्धर लन्डन नर्थला पार्क नर्थहोल्टमा २७ अक्टोबर बिहान हुन लागेको नर्थहोल्ट टेन के रनमा ‘गेष्ट अफ अनर’ का रुपमा पनि सहभागी हुने आयोजकले जनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register