लन्डनमा पनि मधेशीहरुले मनाए छठ पर्व

लन्डन । बेलायतमा बसोबास गर्दै आएका मधेशी समुदायका मानिसहरुले लन्डनमा छठ पर्व मनाएका छन् ।  नेपाली मधेशी संगठन यूकेको आयोजनामा आइतबार भएको छठ कार्यक्रममा लन्डनबाहिर लेष्टर, बर्मिङगमलगायतका स्थानबाट मानिसहरु भेला भएका थिए । उनीहरुले भजनलगायत विभिन्न गीत संगीतमा नाचगान गरि  छठ मनाए । बेलायतमा करिब ४ हजार जति मधेशी समुदायका मानिसहरु बसोबास गर्दै आएको नेपाली […]

Nov 11, 2024 - 15:58
 0
लन्डनमा पनि मधेशीहरुले मनाए छठ पर्व


लन्डन । बेलायतमा बसोबास गर्दै आएका मधेशी समुदायका मानिसहरुले लन्डनमा छठ पर्व मनाएका छन् । 

नेपाली मधेशी संगठन यूकेको आयोजनामा आइतबार भएको छठ कार्यक्रममा लन्डनबाहिर लेष्टर, बर्मिङगमलगायतका स्थानबाट मानिसहरु भेला भएका थिए । उनीहरुले भजनलगायत विभिन्न गीत संगीतमा नाचगान गरि  छठ मनाए ।

बेलायतमा करिब ४ हजार जति मधेशी समुदायका मानिसहरु बसोबास गर्दै आएको नेपाली मधेशी संगठन यूके अध्यक्ष भाग्य नारायण यादवले जानकारी दिए। 

केही दिन अघि नै छठ पर्व मनाइसकिए पनि यहाँको व्यस्तताका कारण आइतबार पारेर कार्यक्रम तय गरिएको यादवले बताए ।

विदेशमा बसेर भावी सन्ततिलाई आफ्नो परम्परा र संस्कृतिबारे जानकारी गराउने र पर्वलाई निरन्तरता दिने उद्देश्यले आफूहरुले विभिन्न मौलिक पर्वहरु मनाउंदै आएको उनले बताए ।


विगतमा तराईका जिल्लामा मात्रै मनाइने छठ पर्व पछिल्लो समय स्वदेशमा मात्र नभइ विदेशमा समेत उत्तिकै लोकप्रिय बन्दै छ । 

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै सुरु हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन गरिन्छ । यो पर्व आस्था र विश्वास मात्र नभएर सद्भावको पर्व पनि बन्दै गएको छ । 

पछिल्लो समय अन्य पर्वहरूको मौलिकता ह्रास हुँदै गएपनि छठको मौलिकता भने बढ्दै गएको छ । विशेष गरि परिवार र सन्तानको सुख समृद्धिको कामना गर्दै छठ पर्व मनाउने गरिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register