पुटिनसँग ट्रम्पको कुराकानी : युद्ध नबढाउन आग्रह, कब्जा गरेको भूमि दिने संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा विजयी भएपछि डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पहिलो पटक कुराकानी गरेका छन् । रोयटर्सको रिपोर्टका अनुसार दुई नेताबीच नोभेम्बर ७ मा फोनवार्ता भएको थियो, जसको विवरण अहिले सार्वजनिक भएको छ । दुवै नेताबीच युक्रेनमा शान्ति कायम राख्ने विषयमा कुराकानी भएको स्रोतले बताएको छ । ट्रम्पले पुटिनलाई युक्रेन युद्धलाई अझ नबढाउन […]

Nov 11, 2024 - 05:34
 0
पुटिनसँग ट्रम्पको कुराकानी : युद्ध नबढाउन आग्रह, कब्जा गरेको भूमि दिने संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा विजयी भएपछि डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पहिलो पटक कुराकानी गरेका छन् ।

रोयटर्सको रिपोर्टका अनुसार दुई नेताबीच नोभेम्बर ७ मा फोनवार्ता भएको थियो, जसको विवरण अहिले सार्वजनिक भएको छ ।

दुवै नेताबीच युक्रेनमा शान्ति कायम राख्ने विषयमा कुराकानी भएको स्रोतले बताएको छ । ट्रम्पले पुटिनलाई युक्रेन युद्धलाई अझ नबढाउन सल्लाह दिँदै युरोपमा अमेरिकी सेनाको उपस्थितिको पनि स्मरण गराएका छन् ।

ट्रम्पले फ्लोरिडास्थित आफ्नो रिसोर्टबाट पुटिनसँग वार्ता गरेका थिए ।

वार्ताको सुरूमा पुटिनले ट्रम्पलाई चुनाव जितेकोमा बधाई दिँदै रूस अमेरिकासँग वार्ताका लागि तयार रहेको बताएका थिए ।

सो क्रममा दुवै नेताबीच युरोपमा शान्ति कायम राख्ने विषयमा पनि छलफल भएको थियो । तर, अमेरिका र रूसले यो कुराकानीको पुष्टि गरेका छैनन् ।

ट्रम्पले यसअघि पनि युक्रेन युद्ध तत्काल अन्त्य गर्ने दाबी गरेका थिए । यद्यपि, उनीहरूले यसलाई कसरी अन्त्य गर्ने भनेर कहिल्यै बताएनन् ।

रिपोर्टका अनुसार ट्रम्पले युद्ध रोक्नका लागि रूसले जितेको क्षेत्र आफूसँग रहन चाहेको संकेत गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register