माओवादी केन्द्रको पदाधिकारी बैठकले गर्‍यो तीन निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले विभिन्न तीन निर्णय गरेको छ । सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको बैठकले तीन महत्वपूर्ण निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । माओवादी केन्द्रले मंसिर १६ मा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । तर आवश्यकताअनुसार […]

Nov 11, 2024 - 05:34
 0
माओवादी केन्द्रको पदाधिकारी बैठकले गर्‍यो तीन निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले विभिन्न तीन निर्णय गरेको छ ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको बैठकले तीन महत्वपूर्ण निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

माओवादी केन्द्रले मंसिर १६ मा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । तर आवश्यकताअनुसार केही स्थानमा भने विपक्षी मोर्चामा रहेका केही दलसँग तालमेल सकिने ढोका भने खुलै राखिएको प्रवक्ता सापकोटाले बताए ।

यस्तै माओवादी केन्द्रले आगामी पुस २ का लागि केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकको तयारीका लागि मंसिर ३ गते फेरि स्थायी कमिटी बैठक बोलाइएको छ ।

यसैगरी मंसिर मसान्तसम्म पालिका सम्मेलन गर्ने पनि बैठकले निर्णय गरेको छ । साथै गत कात्तिक १० मा सुरु गरिएको सरकारविरुद्धको खबरदारी सभालाई पनि माओवादी केन्द्रले पालिका स्तरमा निरन्तरता दिने भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register