गुगल म्यापको भर पर्दा आधा मात्रै बनेको पुलबाट खस्यो कार !

लखनउ । गुगल म्यापलाई भरपर्दो साथी ठान्नुहुन्छ भने यो खबरले तपाईँलाई केही सोच्न बाध्य पार्न सक्छ । उत्तर प्रदेशको रामगंगा नदीमा शनिबार राति एउटा कारले अनौठो ‘स्टन्ट’ गरेर तीनजना यात्रुलाई सधैँका लागि ‘गुडबाइ’ गरेको छ । रामगंगा नदीमा फरिदपुर र बदायुं जोड्ने पुलको कथा लामो छ— फराकिलो नदिमाथिको पुल अधुरो निर्माण गरिएको छ । पारी […]

Nov 24, 2024 - 10:17
 0
गुगल म्यापको भर पर्दा आधा मात्रै बनेको पुलबाट खस्यो कार !

लखनउ । गुगल म्यापलाई भरपर्दो साथी ठान्नुहुन्छ भने यो खबरले तपाईँलाई केही सोच्न बाध्य पार्न सक्छ ।

उत्तर प्रदेशको रामगंगा नदीमा शनिबार राति एउटा कारले अनौठो ‘स्टन्ट’ गरेर तीनजना यात्रुलाई सधैँका लागि ‘गुडबाइ’ गरेको छ ।

रामगंगा नदीमा फरिदपुर र बदायुं जोड्ने पुलको कथा लामो छ— फराकिलो नदिमाथिको पुल अधुरो निर्माण गरिएको छ । पारी सडक छ ।

तर, पुल पुरै बनिनसकेकोले सकडसँग जोडिएको छैन । तर, गुगल म्यापलाई यो कुरा के थाहा ! गुगलले त्यही पुलको बाटो देखायो ।

ट्याक्सी परमिट लिएको एक कारमा यात्रु थिए, २ जना । गुगलको निर्देशन मान्दै चालकले अधुरो पुललाई पनि ‘हाइवे’ ठानेर आफ्नो गन्तव्यतिर हुइँकाए ।

तर, जब पुलको भाग सकियो, तीव्र गतिमा रहेको कारले ‘ब्रेक’लाई लगाउन खोज्दा खोज्दै २५ फिट तल रामगंगा नदीमा खस्यो ।

चालक र दुईजना यात्रु पनि कारसँगै नदीमै खसे । गुगल म्यापले धोका दियो !

स्थानीय बासिन्दाका अनुसार यो पुल यति लामो समयदेखि अधुरो छ कि अब यसको नाम ‘जोकर पुल’ राख्न सकिने सुझाव आउन थालेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register