प्रविधिमैत्री बन्दै किसान, प्रविधिको प्रयोगले समाज रूपान्तरणमा पनि सहयोग

बाजुरा।      बडीमालिका नगरपालिका वडा नं ७ जिल्लीका विष्णु पण्डितलाई यतिवेला गाउँलेको खेत जोत्न भ्याई नभ्याई छ । दुईसय बढी परिवार भएको जिल्ली गाउँका अधिकांश किसानले हातेट्याक्टरको प्रयोग गर्छन् । गोरु जोत्दा हप्तदिन लाग्ने खेतमा  ट्याक्टरले सात घण्टामा जोतिसक्छ । खेत खन्ने बाउसे पनि नचाहिने ,हली, बाउसे र गोरु  सबैको काम एकजनाले सक्छ । […]

Nov 11, 2024 - 06:57
 0
प्रविधिमैत्री बन्दै किसान, प्रविधिको प्रयोगले समाज रूपान्तरणमा पनि सहयोग

बाजुरा। 

    बडीमालिका नगरपालिका वडा नं ७ जिल्लीका विष्णु पण्डितलाई यतिवेला गाउँलेको खेत जोत्न भ्याई नभ्याई छ । दुईसय बढी परिवार भएको जिल्ली गाउँका अधिकांश किसानले हातेट्याक्टरको प्रयोग गर्छन् । गोरु जोत्दा हप्तदिन लाग्ने खेतमा  ट्याक्टरले सात घण्टामा जोतिसक्छ । खेत खन्ने बाउसे पनि नचाहिने ,हली, बाउसे र गोरु  सबैको काम एकजनाले सक्छ । चार छाक  खेत जोत्नकै लागि  वर्षभरी हलगोरु पाल्नु भन्दा गाउँमा एक ट्याक्टर भए पुग्छ, ट्याक्टर चालक विष्णुले  भने । एक घण्टाको ६ सय रुपैंया लिन्छौं, दिनभर गोरुजोतेर सकिने काम एक घण्टामा सकिन्छ । समयको पनि बचत किफायती पनि उत्तिकै छ ।  गोरु जोत्दा हलगोरु र दुईजना हलिबाउसे चाहिन्छन् ट्याक्टरमा एकजना चालक भए पुग्छ ।

    त्यस्तै माउलेखका बुद्धे धामीले  पनि पछिल्लो समयमा माउलेख वारीपारिका खेत जोत्न हाते ट्याक्टरको प्रयोग गर्छन् । उनको ट्याक्टर जोताउन गाउँलेले पालो कुर्नुपर्छ । बडीमालिका आठ गड्खेतका अम्म अयडीले कम्तिमा  सात दिनमा जोतिसकिने खेतलाई  हाते ट्याक्टर प्रयोग गर्दा यो वर्ष सात घण्टामा सकाए। वर्षभरी हलगोरु पाल हली, बाउसे , हलो कोदालो खोज्नु भन्दा ट्याकटर लगायो घण्टाको पाँच छ सय दियो टन्टै साप अयडीले भने । सात दिनमा गर्ने काम एक दिनमा सकाएपछि  अम्म अयडी पुस्तैं देखि पालेका हलगोरु विक्री गर्ने तरखरमा छन् ।

 बडीमालिका  नौ चौराटाका टेकबहादुर विष्टले पनि विगत चार वर्षदेखि खेत जोत्ने र साउने काम ट्याक्टरबाटै गर्छन् । पछिले समयमा गाउँमा युवाहरु नहुने बृद्धवृद्धा र आईमाईको भरमा खेती गर्न अप्ठेरो भैरहेको बेला प्रबिधि भित्रिए पछि निकै सहज भएकोछ । गाउँमा दलित र गैह्र दलितको संख्या हाराहारीमा छ, । सय बढी  परिवारको खेतवारी  ट्याक्टरको माध्यामबाट एकलैले सकाएको उनले बताए । प्रबिधिको प्रयोगले सामाजिक कुरीति  अन्त हुने र सामाजिक सद्भाव बढेको बुझाई उनमा छ । 

केही वर्ष पहिले तराईका फाँटमा देखिने  ट्याक्टर पछिल्लो समयमा बाजुराका दुर्गम गाउँसम्म पुगेका छन् ।  गाउँमा एक ट्याक्टर भए धेरैको खेत जोतिन्छन् । प्रतिघण्टा ज्यालामा काम गर्दा यसले सामाजिक सद्भाव पनि ल्याएको छ। कम आय भएका वर्ग अझ दलितवर्गका विपन्न परिवारले दिनभरी साहुको हलो जोत्नु पर्ने र  दिएको खलोबाट जीविका चलाउनु पर्ने बाध्यता थियो । तर गाउँमा ट्याक्टर आएपछि सबैले सबैका खेत जोतिदिन्छन् । प्रबिधीले हलिया खलिया पर्थाको अन्त्य गरिदिन्छ । हातमा सिप र प्रविधि भए जो जे जस्को काम गरेपनि  हुन्छ । ट्याक्टर चालक विष्णु  पण्डितले भने । पहिले दलितले मात्र गैरदलितको काम गर्थे अहिले म सबैको खेत जोतिदिन्छु । यसले समाजमा हुने जातीय भेदभाव ब्यबहारतः अन्त्य हुदैछ उनले भने । 

बिदाको समयमा गाउँमा  विष्णु  दाइसंग ट्याक्टर जोत्न सघाउँछु केही आम्दानी पनि हुन्छ । काममा सानो ठूलो कुही नहुने  प्रविधिले समाज रुपान्तरण गर्न सघाएको बुझाई टंकराज पण्डितको छ । गाउँगाउँमा रोड पुगेसंगै पाँच सात वर्ष भित्र बाजुराका गाउँ गोरुमुक्त हुन्छन् उनले भने । प्रविधिसँगै गाउँमा सडक सञ्जाल पुग्नै पर्छ उनले भने । जिल्लाका ६९  वडा मध्ये अधिकांश वडामा कच्ची सडक पुगेसंगै हाते ट्याक्टर पनि भित्रिएकाछन् । गाउँमा गोरुपाल्नै धेरै कमभई सक्यो  हिमाली गाउँपालिका वडा नं.चार फैतीका वृखराज पाण्डेले भने। 

क्षेत्रीय कृषि निर्देशनालय दिपायलको पचास प्रतिशत अनुदानमा कृषि ज्ञानकेन्द्र बाजुराले विगत वर्षदेखि किषकलाई विक्री वितरण गर्दै आएको छ । यो  उक्त कार्यक्रम स्वयं ज्ञानकेन्द्रको नभएकोले कार्यालयमा एकिन तथ्यांक छैन । हालसम्म बाजुराका कति कृषलाई कति ट्याक्टर विक्री ग¥यो भन्ने तथ्यांक कृषि ज्ञानकेन्द्रसंग छैन। तथ्यांक केलाउनु पर्छ ,कृषि ज्ञानकेन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख भुमिराज उपाध्यायले भने । कृषकलाई पचास प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराउँछन् । एक ट्याक्टर खरिद गर्दा करिब असी हजार रुपैंया पर्छ । त्यसको पचास प्रतिशत अर्थात् चालिस हजार रुपैंया स्वयम् कृष्कले ब्यहोर्नुपर्छ । प्रविधिका लागि नगद अनुदान कृषकले प्राप्त गरे उक्त ट्याक्टर साठी पैंसठी हजारमा ल्याउन सकिने कृषक अगुवाको भनाई छ । यो वर्षभने हाते ट्याक्टर अनुदान कार्यक्रम नरहेको कृषि ज्ञानकेन्द्र बाजुराले जनाएको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register