गुणस्तर तथा नापतौलका पूर्वअधिकृत विरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ — गुणस्तर तथा नापतौल कार्यालयका पूर्वअधिकृतविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत पर्सामा तत्कालीन वरिष्ठ गुणस्तर अधिकृत शशिभूषण कुमार यादवविरुद्ध साढे ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
पूर्वअधिकृत यादवले गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपैयाँ बिगो र त्यति नै जरिवाना तथा कैदसजाय मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताउनुभयो ।
अदालतमा दायर गरेको आरोपपत्रमा सार्वजनिक पदमा रहँदा यादवले अख्तियार दुरुपयोग गरी गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको उल्लेख छ ।
What's Your Reaction?






