प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि भारतका दुई सुरक्षा प्रमुख नेपाल आउँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी चलिरहेकै बेला भारतका दुई सुरक्षा प्रमुखले नेपाल भ्रमण गर्ने तय भएको छ । भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी र त्यसअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रमुख अमृत मोहनप्रसाद आउने भएका हुन् । स्रोतका अनुसार सेना प्रमुख २० नोभेम्बरमा र एसएसबी प्रमुख मोहनप्रसाद त्यसअघि नै १५ नोभेम्बरमा […]

Nov 12, 2024 - 06:17
 0
प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि भारतका दुई सुरक्षा प्रमुख नेपाल आउँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी चलिरहेकै बेला भारतका दुई सुरक्षा प्रमुखले नेपाल भ्रमण गर्ने तय भएको छ ।

भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी र त्यसअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रमुख अमृत मोहनप्रसाद आउने भएका हुन् ।

स्रोतका अनुसार सेना प्रमुख २० नोभेम्बरमा र एसएसबी प्रमुख मोहनप्रसाद त्यसअघि नै १५ नोभेम्बरमा काठमाडौं आउने भएका हुन् ।

प्रधानमन्त्री ओली आगामी डिसेम्बरको पहिलो साता चीन भ्रमणमा जाने तय भएको छ । उनको भ्रमणअघि काठमाडौं आउन लागेका भारतीय सुरक्षा प्रमुखहरूले प्रधानमन्त्रीसँग समेत भेटघाट गर्नेछन् ।

औपचारिक भ्रमणका लागि काठमाडौं भारतीय सेनाका नवनियुक्त प्रधानसेनापति द्विवेदीले राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्नेछन् ।

नेपाल र भारतले एकअर्कालाई प्रधानसेनापति दिने सात दशक पुरानो परम्परा रहेको छ ।

भारतीय सेना प्रमुख द्विवेदी स्वदेश फर्किएपछि नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल पनि भारतीय राष्ट्रपतिबाट सो उपाधि लिन भारत जाने तय भएको रक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

काठमाडौंमा रहँदा जनरल द्विवेदीले राष्ट्रपति पौडेल, प्रधानमन्त्री ओली र समकक्षी प्रधानसेनापति सिग्देलसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

द्विवेदीको भ्रमणअघि भारतको सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक अमृत मोहनप्रसाद १५ नोभेम्बरमा नेपाल भ्रमणमा आउने सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालको निमन्त्रणामा मोहनप्रसाद नेपाल आउन लागेका हुन् । उनी नेपालमा सीमा सुरक्षाको वार्षिक समन्वयको आठौं बैठकमा सहभागी हुनेछन् ।

सशस्त्र प्रहरी प्रहरी प्रमुख अर्याल एसएसबी प्रमुख मोहनप्रसादले उक्त बैठककको संयुक्त नेतृत्व गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register