विदेशी मुद्रा सञ्चिति १५ अर्ब अमेरिकी डलर पुर्‍याउने श्रीलंकाको लक्ष्य

कोलम्बो । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले बुधबार श्रीलंका सरकारले देशको विदेशी मुद्रा सञ्चितिलाई सन् २०२८ सम्ममा १५.१ अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको बताएका छन् । दिसानायकेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको तलबमा कर छुटको सीमा एक लाख (करिब ३४५ अमेरिकी डलर) बाट बढाएर एक लाख ५० हजार (करिब ५१७ डलर) पुर्‍याउने सहमति भएको […]

Dec 18, 2024 - 16:15
 0
विदेशी मुद्रा सञ्चिति १५ अर्ब अमेरिकी डलर पुर्‍याउने श्रीलंकाको लक्ष्य

कोलम्बो । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले बुधबार श्रीलंका सरकारले देशको विदेशी मुद्रा सञ्चितिलाई सन् २०२८ सम्ममा १५.१ अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको बताएका छन् ।

दिसानायकेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको तलबमा कर छुटको सीमा एक लाख (करिब ३४५ अमेरिकी डलर) बाट बढाएर एक लाख ५० हजार (करिब ५१७ डलर) पुर्‍याउने सहमति भएको बताए ।

उनले आईएमएफले सेवा निर्यातमा लाग्ने कर हालको ३० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा पुर्‍याउन सहमत भएको जानकारी दिए ।

उनले थपे,“सरकारले सन् २०२५ फागुन १ देखि व्यक्तिगत प्रयोजनका लागि सवारी साधन आयात गर्न दिने निर्णय गरेको छ । यात्रु बस र विशेष प्रयोजनका सवारीसाधनमाथिको आयात प्रतिबन्ध मङ्सिर १४ गतेअघि नै फुकुवा भइसकेको छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register